sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

वर्ष २०७९ का चर्चित विवाद : मिरुनाको थप्पड काण्डदेखि जी-बबको लफडासम्म

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १२:२९
वर्ष २०७९ का चर्चित विवाद : मिरुनाको थप्पड काण्डदेखि जी-बबको लफडासम्म

काठमाडौं ।  वर्ष २०७९ कोरोना महामारीपछि लयमा फर्किएको वर्षको रुपमा रह्यो । ‘कबड्डी ४’ र ‘छक्कापञ्जा ४’ जस्ता फिल्म ब्लकबस्टर बन्न सके । यीबाहेक केही यस्ता चर्चा र विवादका घटना भए, जसले नेपाली मनोरञ्जन वृत्तलाई तरंगित मात्रै बनाएनन्, वर्षलाई बिर्सनलायक तुल्याए ।

केही यस्ता सेलिब्रिटी विवादका घटना जसलाई नेपाली फिल्म र संगीत क्षेत्रले पछिसम्म सम्झिरहनेछ । यस वर्ष सबैभन्दा चर्चित घटना बन्यो मिरुना मगर प्रकरण । ‘कबड्डी ४’ प्रवर्द्धनका लागि सिभिल मलको एक कफी सपमा पुगेकी मिरुनालाई एक बौद्ध भिक्षुले ब्याड टच गरेको भन्दै विवाद चर्कियो । मिरुनाको उजुरीमा प्रहरीले पक्राउ गरेर ती भिक्षुलाई केही दिन थुन्यो । रिहाइको माग गर्दै कबड्डीको पोस्टर जलाउनेदेखि प्रदर्शनसम्म भए । पछि मागेर सहमति भएपनि विरोध रोकिएन । उजुरी र आरोप चलिरह्यो । सिक्किममा त फिल्मलाई नै प्रतिबन्ध लगाइयो । मिरुना निकै विवादमा तानिइन् ।

हालै अनलाइनखबरसँगको कुराकानीमा मिरुनाले उक्त घटनाबाट आफूले पाठ सिकेको बताएकी छन् ।

यसवर्ष दोस्रो ठूलो विवाद ‘प्रेमगीत ३’ लाई लिएर प्रदीप खड्का र भुवन केसीबीच भएको आरोप-प्रत्यारोप हो । यो विवादमा फिल्म उद्योग नै विभाजित भयो । बोर्ड अध्यक्ष केसीले रात्रि शो बन्द गर्नेदेखि एक साताअघि नै सेन्सर गर्नुपर्ने नियम ल्याएपछि सुरु भएको विवादमा प्रदीपले प्रेसमिटबाटै केसीको राजीनामा मागेपछि विवादमा घिउ थपियो । केसीले हिन्दी संस्करणको प्रेमगीत ३ रिलिज गर्न मात्र दिएनन्, सेन्सर सिफारिसमा ढिलासुस्ती गरिदिए । मन्त्रालयको दबाबमा उनी पछि हट्नुपर्‍यो ।

‘प्रसाद २’ लाई अर्को ठूलो विवाद भयो । कलाकार र निर्माताको आर्थिक लेनदेनको विवाद वरपर फिल्म केन्द्रित रह्यो । अदालतको आदेशपछि फिल्म प्रदर्शन रोकिएको अवस्था छ । कलाकारको विवाद हुँदा विपिन कार्की, नम्रता श्रेष्ठलगायत फिल्म छाडे । पछि निर्माता संघमा भएको सहमतिअनुसार फिल्म छायांकन त भयो तर त्यसपछि पनि विवाद रोकिएन । निर्माताबीचकै विवाद प्रहरीसामु पुगेपछि अहिले निर्माता सुभास थापाविरुद्ध पक्राउ पूर्जी जारी गरेको अवस्था छ ।

अभिनेत्री वर्षा सिवाकोटी पनि चर्चाको केन्द्रमा रहिन् । वैशाख ९ गते अमेरिका निवासी आशिष गेलालसँग विवाह गरेकी वर्षाले नौ महिनापछि डिभोर्स गरिन् । गेलालले हालै अर्को विवाह गरेका छन् भने वर्षा सिंगल नै छिन् । वर्षको उत्तराद्र्धमा भएका दुई ब्रेकअपका घटनाले पनि निकै चर्चा पाए । पूर्वमिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिसन बानियाँबीचको रोमान्स टुंगियो । कलाकार जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठबीचको ६ वर्षदेखि प्रेम सम्बन्धको अन्त्य भयो । साथै, यही वर्षको सुरुमा नम्रता श्रेष्ठसँग प्रेमीको ब्रेकअप भयो ।

अभिनेता विपिन कार्कीले बलिउड फिल्म ‘एनिमल’ छाडेका भनिएको घटनाले पनि चर्चा पायो । छायांकन गर्न मुम्बई पुगेका अभिनेता कार्की पटकपटक रित्तै हात घर फर्किए । अन्ततः उनले प्रोजेक्ट नै छाड्नुपर्‍यो । अभिनेत्री वर्षा राउत र पति सञ्जोग कोइरालाबीचको दाम्पत्य जीवनमा आएको भनिएको मनमुटावको घटनाले पनि चर्चा पायो ।

फिल्मबाहेक सांगीतिक क्षेत्र पनि यस वर्ष विवादबाट मुक्त रहेन । र्‍यापर जी-बबले आफ्नै आमाबुबाविरुद्ध जिल्ला प्रशासन काठमाडौंमा उजुरी दर्ता गरे । आफूलाई बाबुआमाले स्वतन्त्रता नदिएकोदेखि पैसा समेत लिने गरेको भन्दै जी-बबले आमाबाबुबाट मुक्त हुनुपर्ने माग राख्दै प्रशासनमा उजुरी दिएका थिए । तर जी-बबलाई साथ दिंदै आएको संस्था एएनटीएफको मध्यस्थतामा जी-बब र उनका बाबुआमाबीच लेनदेनदेखि हेरचाहका कुरामा सम्झौता भयो । जी-बबको प्रेसमिट निकै चर्चित रह्यो ।

र्‍यापर भिटेनले जापानको एक कन्सर्टमा लफडा गर्दै आफ्नै टाउकोमा बोतल फुटाउँदा उनी चर्चित रहे । गायक दुर्गेश थापा टिकटकर हेन्सी ब्रो र अन्य लफडाले विवादमा रहे । यस वर्ष पल शाहको रिहाइ, आकाश श्रेष्ठ र पूजा शर्माका फ्यानबीचको नाराबाजी, नेपहपको श्रीपेचको मुकुटलाई दिएर नेवार समुदायले गरेको विरोध पनि चर्चित घटना हुन् ।

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १२:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid