April 12, 2025 | शनिबार, चैत्र ३०, २०८१
सुचनाहरु
हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी 

मिर्चैयाका सुकुम्बासी र व्यापारी आन्दोलित

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १३:१0
मिर्चैयाका सुकुम्बासी र व्यापारी आन्दोलित

सिरहा। सिरहाको मिर्चैया बजारका सुकुम्बासी तथा व्यापारीहरु आन्दोलनमा उत्रिएका छन् ।

बजारमा झण्डै सात दशकदेखि घर बनाएर बसोवास तथा व्यापार व्यवसाय गर्दै आएका सुकुम्बासी र व्यापारीहरुको घर नगरपालिकाले भत्काइदिएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

नगरपालिकाले आफूहरुमाथि ज्यादती गरेको भन्दै उनीहरुले मिर्चैयामा र्‍याली प्रदर्शन गरे । नगरपालिका जनताका लागि अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा उल्टो जनतामाथि शासन गर्न खोजेको उनीहरुको आरोप छ ।

गाउँब्लक र बहाल बिक्टोरीको जग्गा अतिक्रमण गरिएको भन्दै केहि समयअघि उक्त जग्गामा बनेका संरचनाहरु नगरपालिकाले स्थानीयको विरोधका बावजुद भत्काइदिएको थियो ।

तर, नगरपालिकाले आफूहरुको बस्ने तथा व्यवसाय गरेर बाँच्ने सुनिश्चितता नै नगरी चालेको यो कदमले बेघर बनेको, व्यापार व्यवसाय बन्द हुँदा रोजीरोटीको आधार नै गुमेको लगायतका दुखेसो उनीहरुको छ ।

आफूहरुलाई बस्न र व्यापार गर्नका निम्ति तत्काल व्यवस्था गरिनुपर्ने, नगरपालिकाले घर भत्काउँदा भएको क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति दिइनुपर्ने, बस्दै आएको जग्गाको लालपूर्जा दिइनुपर्ने, आफूहरुमाथि ज्यादति भएकाले छानविन गरी न्याय दिइनुपर्ने लगायतका माग उनीहरुले गरेका छन् । आफूहरुको मागको सुनुवाइ नभए सशक्त आन्दोलन गर्ने चेतावनी उनीहरुको छ ।

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १३:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट