July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको  प्रथम अडिसन श्राव​ण​ १९ मा हुने मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली

बाँझो जमिनको तिरो तिर्न भारतमा नोकरी

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १५:१२
बाँझो जमिनको तिरो तिर्न भारतमा नोकरी

बाजुरा । सिँचाइ अभावका कारण बाजुराका अधिकांश ठाउँको जमिन बर्सेनि बाँझो रहने गरेको छ। नौवटै स्थानीय तहमा खेती गर्ने जमिन प्रशस्त भए पनि सिँचाइको अभावका कारण जमिन बर्सेनि बाँझो रहने गरेको हो। उब्जाउ जमिन हिउँद र बर्खामै बाँझो रहँदै आएपछि यहाँका स्थानीयले भोकमरीको समस्या झेल्दै आउनु परेको छ। गाउँमा कमाइखाने जमिन प्रशस्त भए पनि त्यो जमिनमा सिँचाइ नहुँदा खेती गर्न नसकिएको स्थानीय बताउँछन्।

बूढीगङ्गा नगरपालिका–१० का स्थानीय मनबहादुर सार्कीले आफूसँग प्रशस्त जमिन भए पनि खेती गर्न सिँचाइ नहुँदा बाँझो राख्नु परेको बताउनुहुन्छ। उहाँले सिँचाइको अभावले सधैँ जमिन बाँझो राख्नु परेको छ तर पनि बाँझो जमिनको कर भने स्थानीय सरकारलाई बुझाउँदै आउनुभएको छ। भारतबाट कमाइ गरेर बाँझो जमिनको पनि कर बुझाउने गरेको उहाँले बताउनुभयो।

वर्षांैदेखि खानेपानीको समस्या २०७८ सालमा बल्ल समाधान भयो। अब कतैबाट यो जमिनमा हिउँद बर्खा सिँचाइको व्यवस्था हुन पाए पेट पाल्नकै लागि भारतमा जानुपर्ने थिएन, सार्कीले भन्नुभयो।

बर्खा सुरु भयो, सिँचाइको सुविधा भएको भए धान खेती गर्नु हुन्थ्यो, जमिन छ, सिँचाइ छैन, आकाशे पानीको भरमा असार–साउनमा त्यो जमिनमा कोदो रोप्ने गरेका जगनाथ गाउँपालिका–२ का असारे सार्कीले बताउनुभयो। आकाशबाट पानी नपरेपछि कोदो पनि सुकेर झुरीमरी हुने गर्छ, जमिन भएर पनि सिँचाइ नहुँदा भोकमरी झेल्नु परेको बाजुरावासी बताउँछन्। बाजुराको पूर्वी उत्तर क्षेत्रका स्थानीय तहमा खाद्यान अभाव हुने गर्छ। बाजुरामा करिब १६ हजार ७६५ हेक्टर जमिन भने सिँचाइ नहुँदा सधैँ बाँझो रहँदै आएको छ।

जगनाथ गाउँपालिका–२ का वडा अध्यक्ष धनवीर सार्कीले लुमा र हुनीको करिब सात सय हेक्टरभन्दा बढी जमिन सिँचाइको अभावका कारण बाँझो रहँदै आएको बताउनुभयो। सिँचाइ नभएर जमिन बाँझो रहने गरेकाले यहाँका स्थानीय पेट पाल्नका लागि रोजगारी गर्न भारत जाने गरेका छन्। गाउँपालिका वा वडा पालिकाको रकमले सिँचाइ कुलो ल्याउन नसक्ने अवस्था छ।

बाजुराको नौवटै स्थानीय तहमा करिब दुई लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर खेतीयोग्य भए पनि पाँच हजार २३५ हेक्टर जमिनमा मात्र वर्षभरि सिँचाइ हुने गरेको कृषि ज्ञान केन्द्र, बाजुराले जनाएको छ।

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १५:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट