April 11, 2025 | शुक्रबार, चैत्र २९, २०८१
सुचनाहरु
दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै

मानव बेचबिखनमा संलग्न महिला सात वर्षपछि पक्राउ

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १४:५५
मानव बेचबिखनमा संलग्न महिला सात वर्षपछि पक्राउ

नुवाकोट 

मानव बेचबिखनमा संलग्न महिला सात वर्षपछि पक्राउ परेकी छन्। जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेकी नुवाकोटको शिवपुरी गाउँपालिका–१ की ४० वर्षीया सोनाम भनिने हेरिङ डोल्मा तामाङ पक्राउ परेकी हुन्।

२०७३ वैशाख ३ गते भारत लगेर बिक्री गरेको विषयमा जिल्ला अदालतले दोषी ठहर गरेको थियो। पक्राउ परेकी तामाङ विरुद्ध मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

सात वर्ष अगाडि पीडितलाई पटक–पटक फोन गरी भक्तपुरको सूर्यविनायक चोकमा ललाईफकाई गरी ट्याक्सी चढाई हेंटौडा पु¥याएको र त्यसपछि इलामको पशुपतिनगर नाका हुँदै भारतको मुनिरका भन्ने स्थानमा पुर्याइएको  र कोठीमा बिक्री गरेको खुलेको प्रहरी नायव उपरिक्षक खगेन्द्र खड्काले जानकारी दिए।

अर्का दोषी सिन्धुपाल्चोक रामचेका कुमार तामाङलाई गत २०७५ कार्तिक १४ गतेको अदालतको फैसलाले २० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएकोमा उनले कैद भुक्तान गरिरहेको नुवाकोट प्रहरीले जनाएको छ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १४:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट