July 3, 2025 | बिहिबार, असार २०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

इण्डियन ब्याटर नेपालसँग संघर्ष गर्दै

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० १४:१0
इण्डियन ब्याटर नेपालसँग संघर्ष गर्दै

काठमाडौं ।।

आईसीसी एकदिवशीय विश्वकप छनोटअन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ ।जिम्बाव्वेको हारेर स्पोर्टस सेन्टरमा भइरहेको खेलमा नेपाली बलरहरुले बिहानी विकेटको फाइदा लिइरहँदा वेष्ट इण्डियन ब्याटरहरु भने रनका लागि संघर्षरत छन् ।

  • वेष्ट इण्डियन ब्याटरहरु रनका लागि संघर्षरत
  • वेष्ट इण्डिजले २ विकेट गुमाएर ३० रन बनाए
  • नेपालका बलरहरुले दबाबमा राख्न सफल

पावर प्ले (१० ओभर) को समाप्तीमा वेष्ट इण्डिजले २ विकेट गुमाएर ३० रन बनाएको छ । दुईपल्टको विश्वविजेता वेष्ट इण्डिजका ब्याटरहरुलाई अहिलेसम्म विश्वकप खेल्न नपाएको नेपालका बलरहरुले दबाबमा राख्न सफल छन् ।

नेपालले दोस्रो ओभरमै वेष्ट इण्डिजका ओपनर केल मायर्सलाई आउट गरेको थियो । करण केसीको बलमा कुशल भुर्तेलले मिडविकेट क्षेत्रमा शानदार क्याच अआउट गर्नुअघि मायर्सले १ रनमात्र बनाउन सके ।

करणले यसअघि अमेरिकाविरुद्धको अघिल्लो खेलमा पनि ४ विकेट लिएर प्लेयर अफ द म्याच बनेका थिए । पाँचौं ओभरमा वेष्ट इण्डिजका तेस्रो नम्बरका ब्याटर जोन्सन चार्ल्सलाई गुल्सन झाले विकेटकिपर आसिफ शेखबाट कट बिहाइन्ड आउट गरे ।

गुल्सनको स्पेलको पहिलो बलमै आउट भएका चार्ल्सले खाता खोल्नै सकेनन् ।

आजको खेलमा नेपाल टिममा अमेरिकाविरुद्ध खेलेको टिममा परिवर्तन गरिएको छैन । चोटग्रस्त सोमपाल अझै फिट भइसकेका छैनन् । प्रतियोगिताको समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेलमा ३ असारमा घरेलु टोली जिम्बाव्वेसँग ८ विकेटले पराजित भएको थियो । ५ असारमा देखिएको दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो ।

अमेरिकाविरुद्ध पहिला फिल्डङ गरेको नेपालले करण केसीको ४ विकेट सहयोगमा २०७ रनमा रोकेको थियो । जवाफमा भीम सार्कीले ७७ रनको अविजित पारी खेलेपछि नेपालले ४३ ओभरमै लक्ष्य भेट्टाएको थियो ।

नेपाल टिम

आरिफ शेख, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० १४:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट