WordPress database error: [Disk full (/tmp/#sql-temptable-4b2-1ccb96-174a.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `wp_postmeta`


विराटनगर। कोशी प्रदेशसभाको प्रथम अधिवेशन अन्त्य भएको छ।
बुधबार विराटनगरमा सम्पन्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुंगले प्रथम अधिवेशन अर्थात् हिउँदे अधिवेशन अन्त्य भएको जानकारी दिए।
प्रदेश प्रमुखको कार्यालयले सूचना जारी गर्दै अधिवेशन अन्त्य हुने जनाएको हो।
प्रदेश सरकारले यसै अधिवेशनबाट प्रदेशको नामाकरणलाई पूर्णता दिएको थियो। सरकारको पहिलो कार्यकालमा समेत नामाकरण गर्न नसकेर आलोचना खेप्दै आएको सरकारले फागुन १७ गते कोशी प्रदेश नामाकरण गरेको हो।
यद्यपि, नामाकरणको विषयमा हाल असन्तुष्ट समूहले आन्दोलन गरिरहेका छन्। पहिचानवादी समूहले कोशी प्रदेश खारेजीको माग गरिरहँदा एकपहिचानवादी पदम लिम्बूको मृत्यु भइसकेको छ।
गत पुष १७ गतेबाट सुरु भएको हिउँदे अधिवेशनमा १३ वटा बैठक बसेको थियो। यस अधिवेशनमा मुख्यगरि प्रदेश निजामति सेवा अध्यादेश र केही प्रदेश ऐन संशोधन अध्यादेशलाई प्रदेशलाई स्वीकार गर्दै कानुनी रूप दिएको थियो।
