April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

शैक्षिकसत्र सुरू नहुँदै सुदूरका पहाडि जिल्लामा पुगे पाठ्यपुस्तक

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० ११:0८
शैक्षिकसत्र सुरू नहुँदै सुदूरका पहाडि जिल्लामा पुगे पाठ्यपुस्तक

डोटी : सुदूरपश्चिम प्रदेशका पहाडि जिल्लामा यस वर्ष शैक्षिकसत्र सुरू नहुँदै पाठ्यपुस्तक पुगेका छन् । कक्षा ६ देखि १० सम्मका पाठ्यपुस्तक आपूर्तिको जिम्मा लिएको जनक शिक्षा सामग्री केन्द्रले बैशाखको पहिलो साताभित्र सुदूरपश्चिम प्रदेशका सबै सामुदायिक विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्लयाउने लक्ष्य रहेको जनक शिक्षा सामग्री केन्द्र प्रादेशीक कार्यालय धनगढीका प्रमुख ध्रुव्र पन्तले बताए ।
कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक आपूर्ति गर्ने जिम्मा प्राइभेट कम्पनीले लिएको छ भने कक्षा ६ देखि १० सम्मका पाठ्यपुस्तक आपूर्तिको जिम्मा जनक शिक्षा सामाग्री केन्द्रको हो ।

जनक शिक्षा सामग्री केन्द्रले यस बर्ष २०७९ साल चैत्र २६ गते देखि ६–१० कक्षाको पाठ्यपुस्तक दार्चुला र बाजुरा जिल्लाबाट वितरण कार्य सुरु गरिसकेको छ । सुदूरका पहाडि जिल्ला दार्चुला, बझाङ, अछाम, बाजुरा,बैतडी जिल्रुमा पनि आवश्यकता अनुसार पाठ्यपुस्तक वितरण गरिसकेको छ भने अन्य बाँकी रहेका डोटी, डडेलधुरा, कैलाली कंचनपुरमा पनि बैशाखको पहिलो साताभित्र पाठ्यपुस्तक वितरण गरिसक्ने समेत कार्यालय प्रमुख पन्तले बताए ।

सुदूरपश्चिम प्रदेशमा कक्षा ६–१० का लागि १८ लाख थान पाठ्यपुस्तक आवश्यक भएकाले सबै जिल्लालाई पुग्ने किसिमको,सबै विषय वस्तुसहितको पाठ्यपुस्तक व्यवस्थापनमा रहेको पन्तले बताए । उनले भने, ‘गत वर्ष विद्यार्थीले समयमा पाठ्यपुस्तक नपाउँदा साह्रै हैरानी खेप्नु परेको थियो सोही समस्यालाई बुझेर हामीले यस वर्ष सुदूरका दुर्गम जिल्लाका विकट बस्तीमा समयमै पाठ्यपुस्तक पुर्याउन पहल गरेका हौं ।’

बाजुराको कोल्टी,दार्चुलाको लिपुलेकमा समेत शैक्षिकसत्र सुरु हुनु अगाबै पाठ्यपुस्तक पुगिसकेको जनक शिक्षा सामग्री केन्द्र प्रादेशीक कार्यालय धनगढीले जनाएको छ ।

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० ११:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट