sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

शनिबार ५१ औं दिन मनाउँदै ‘छक्कापञ्जा ४’, पाँचौं शृंखला घोषणा होला ?

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १३:२५
शनिबार ५१ औं दिन मनाउँदै ‘छक्कापञ्जा ४’, पाँचौं शृंखला घोषणा होला ?

काठमाडौं । ब्लकबस्टर फिल्म ‘छक्कापञ्जा ४’ ले आगामी शनिबार प्रदर्शनको ५१ औं दिन पूरा गर्दैछ । गत वर्ष ‘कबड्डी ४’ र ‘महापुरुष’ले पनि प्रदर्शनको ५१ औं दिन मनाएका थिए । यो संख्यासँग घरेलु फिल्मको बक्स अफिस सफलतासमेत जोड्ने गरिएको छ ।

फिल्मलाई रिलिजको दुई दिन पनि हलमा टिक्न मुश्किल भइरहेको बेला ५१ औं दिन मनाउनु आफैंमा महत्वपूर्ण क्षण हो । छक्कापञ्जा ४ ले दुई दर्जनभन्दा बढी हलमा ५१ दिन पूरा गर्दैछ । निर्माता तथा अभिनेता दीपकराज गिरीले आगामी शनिबार काठमाडौं वरपरको कुनै एक वनभोज स्थलमा फिल्मको ५१ औं दिन समारोह आयोजना हुने बताए ।

फिल्मको सफलतामा योगदान पुर्‍याउनेलाई सम्मान समेत गरिने तय गरिएको समारोहमा आगामी नयाँ फिल्मको घोषणा हुन सक्ने संकेत पनि गिरीले गरे । तर दीपक केही समय छक्कापञ्जा श्रृंखलाबाहेकका फिल्ममा व्यस्त हुने तयारीमा छन् र धमाधम स्क्रिप्ट पनि अध्ययन गरिरहेका छन् । तर कुन गर्ने टुंगो छैन ।

फागुन १९ गते नेपालसहित विश्वभर रिलिज भएको ‘छक्कापञ्जा ४’ नयाँ वर्ष लाग्दा समेत हलमा राम्रै अकुपेन्सीसहित चलिरहेको छ । सप्ताहन्तमा यो फिल्मको अकुपेन्सी केही नयाँ रिलिजको भन्दा पनि कम छैन । ‘हामी निकै खुसी छौं, ५१ दिनसम्म दर्शकले गर्नुभएको मायाप्रति आभारी छौं,’ गिरीले अनलाइनखबरसँग भने ।

‘छक्कापञ्जाको पाँचौं श्रृंखला चाहिं तत्काल निर्माण गर्ने तयारीमा दीपक छैनन् । कम्तीमा दुई वर्षको ग्याप छाडेर फिल्म बनाउने उनको तयारी छ । त्यसअघि उनी केही फिल्ममा काम गर्ने पक्षमा छन् । उनको नाममा चलचित्र विकास बोर्डमा केही फिल्मको टाइटल पनि दर्ता भइसकेको छ । यस्तोमा छक्कापञ्जापछि कुन फिल्मबाट दीपकले काम थाल्नेछन्, केही दिनमै यसबारे टुंगो लाग्ला ।

हेमराजी बिसी निर्देशित यो फिल्म राजनीतिक कथावस्तुमा आधारित थियो ।

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १३:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid