काठमाडौं ।।
द्वन्द्वग्रस्त इजरायलबाट नेपाली नागरिकलाई स्वदेश फर्काउन विमान तयारी अवस्थामा राखिएको छ । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले विमान तयारी अवस्थामा राखिएको जानकारी गराएका हुन् । मंगलबार सिंहदबारमा बसेको समितिको बैठकमा उनले त्यसका निम्ति नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्स तयारी अवस्था राखिएको बताए ।इजरायलमा रहेका २०० जनाभन्दा बढी व्यक्तिले नेपाल फर्कन अनलाइन रजिस्ट्रेसन गरिसकेको उनले उल्लेख गरे ।