May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

दिलीप रायमाझीकी छोरी फिल्मबाट डेब्यु गर्दै

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १३:३९
दिलीप रायमाझीकी छोरी फिल्मबाट डेब्यु गर्दै

काठमाडौं । अभिनेता दिलीप रायमाझीकी छोरी दिव्याले रोहित अधिकारीले निर्माण गर्ने फिल्मबाट अभिनय करिअर थाल्ने भएकी छन् । सोसल तथा लभस्टोरी ड्रामालाई सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन् । फिल्मको शीर्ष भूमिकामा खगेन्द्र लामिछाने पनि तय भइसकेका छन् ।

खगेन्द्रको पटकथा लेखन रहने यो ‘अनटाइटल’ फिल्मलाई भदौ पहिलो सातादेखि छायांकन गर्ने तयारी छ । अहिले अमेरिकामा रहेकी दिव्या फिल्मकै लागि भनेर आगामी महिना नेपाल आउँदैछिन् ।

‘हामीले उहाँलाई अप्रोच गरेका हौं । वान लाइन निकै मन परेको छ । अब स्क्रिप्ट सुनाएपछि फिल्ममा लिनेबारे फाइनल हुनेछ । अहिलेसम्म कागजी सम्झौता भइसकेको छैन,’ अधिकारीले अनलाइनखबरसँग भने ।

दिव्याले फिल्म गर्ने कुरा लगभग निश्चित जस्तै छ । स्क्रिप्ट सुन्नैका लागि उनी मे महिनामा काठमाडौं आउनेछिन् । ‘उहाँ पोजेटिभ हुनुहुन्छ । सोलो हिरोइन भएकाले पनि यो राम्रो अवसर हो,’ रोहितले भने । फिल्ममा अहिलेसम्म निर्देशक पौडेल, अभिनेता तथा लेखक लामिछाने अनुबन्धित छन् । फिल्म मल्टिस्टारर हुने सम्भावना रहेको रोहितले बताए ।

पूर्ण व्यावसायिक फिल्म बताइएको यो प्रोजेक्ट निर्माणमा रोहितले श्याम कँडेल र ओम अग्रवालसँग सहकार्य गर्दैछन् । ‘गाजलु’ र ‘छ माया छपक्कै’पछि रोहितको यो अर्को भेञ्चर हो । भदौ पहिलो सातादेखि छायांकन सुरु हुने र २०८० सालभित्रै फिल्म प्रदर्शन गर्ने योजना छ ।

साढे दुई करोड बजेट बताइएको फिल्मलाई काठमाडौं, वीरगञ्ज लगायत स्थानमा छायांकन गर्ने तयारी छ ।

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १३:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट