March 20, 2025 | बिहिबार, चैत्र ६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

सिंहदरबारमा हाजिर भेटिन्छ, भेटिँदैनन् कर्मचारी

  • साझा परिवेश
  • शुक्रबार, असार १, २०८० 0८:३५
सिंहदरबारमा हाजिर भेटिन्छ, भेटिँदैनन् कर्मचारी

काठमाडौं । मुख्य प्रशासनिक केन्द्र हो सिंहदरबार। सरकारी मुख्य काम मात्रै होइन, मुलुकको महत्त्वपूर्ण योजना नै यहीँ बन्छ, मन्त्रालयहरू नै यहीँ छन्। जहाँ काम गर्ने कर्मचारी नियमित त हुनुपर्छ नै अझै बढी जिम्मेवार पनि हुनुपर्छ। तर, बिहीबार राष्ट्रिय सर्तकर्ता केन्द्रले गरेको अनुगमनमा त्यस्तो पाइएन। १ सय २५ कर्मचारी नै मन्त्रालय र कार्यालयमा भेटिएनन्। केहीको हाजिर मात्रै भेटियो, कर्मचारी फेला परेनन्।

सतर्कर्ता केन्द्रले बिहान १० बजेदेखि १२ बजेसम्म गरेको अनुगमनमा यस्तो पाइएको हो। कतिपय कर्मचारी त सिंहदरबारभित्र रहेको केन्द्रीय चमेना गृहमा अनाधिकृत व्यक्तिसँग बसेर गफ गरिरहेको भेटिएको सतर्कर्ता केन्द्रले जनाएको छ। केन्द्रका अनुसार नौ जना कर्मचारी त खाजा खान तोकिएको समयमा भन्दा बाहिरको समयमा अनाधिकृत व्यक्ति फेला परेका छन्।

यसरी विभिन्न वाहानामा हाजिर गरी तत्कालै बाहिर निस्कने कर्मचारीको कार्यालयमा अनुपस्थितिको कारण सम्बन्धित निकायसँग माग गरी कारबाही अगाडि बढाउने केन्द्रका सहसचिव एवं प्रवक्ता ज्ञानराज सुवेदीले जानकारी दिए।

केन्द्रले सार्वजनिक निकायहरूबाट हुने अनियमितता, ढिला सुस्ती, भ्रष्टाचार सम्बन्धमा उजुरी संकलन गर्ने गर्छ। त्यस्तै सार्वजनिक निकायहरूबाट प्रदान हुने सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन, अनुगमन गरी सुझाव, निर्देशन दिने कामा पनि केन्द्रले गर्दै आएको छ। सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति र आयको अनुगमन गर्ने दायित्व पनि केन्द्रको हो तर यो दायित्वमा भने केन्द्र खरोरूपमा उत्रन सकेको छैन। यो समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

  • साझा परिवेश
  • शुक्रबार, असार १, २०८० 0८:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्