May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

डढेलोको आगो निभाउने क्रममा एकजना घाइते

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १३:१५
डढेलोको आगो निभाउने क्रममा एकजना घाइते

सिन्धुली। सिन्धुलीको सुनकोशी गाउँपालिका –२ अँधेरी पाखामा लागेको डढेलो बस्तीमा सल्किदा स्थानीय जुल्फे शार्कीको घरगोठ जलेर नष्ट भएको छ । उनकी श्रीमती सिता विसंखे घाइते भएकी छन्।

नेकपा माओवादी केन्द्रका स्थानीय नेता उपेन्द्र कोइरालाका अनुसार जंगलमा लागेको आगो शार्कीको घरमा सल्किदा निभाउन खटिएकी सिता जलेर घाइते भएकी हुन् ।

उनको उपाचारका लागि धुलीखेल अस्पताल पठाइएको छ । आगलागीबाट शार्कीको अन्नपात,लत्ताकपडा,भाँडाकुँडा नष्ट हुनुका साथै तीनवटा भैंसी,एउटा बाख्रा जलेर मरेका छन् ।

अँधेरी पाखाको डढेलो नियन्त्रण बाहिर गएको छ । यस्तै सुनकोशी गाउँपालिकामा सातादेखि सल्केको डढेलो नियन्त्रण बाहिर जाँदा स्थानीय त्रसिद बनेका छन् । सुनकोशी गाउँपालिका २ को अँधेरी, साँधिखोला, वडा नम्बर ४ को लक्ष्मी डाँडा जंगलमा आगलागी भइरहेको छ ।

यस्तै जिल्लाका दुई दर्जनबढी जंगलमा आगलागी भइरहेको बताइएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १३:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।