May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

महावीर पुनलाई सचेत रहन सरकारको आग्रह

  • साझा परिवेश
  • मङ्लबार, साउन २३, २०८० १६:२९
महावीर पुनलाई सचेत रहन सरकारको आग्रह
  • महावीर पुनलाई सरकारको पत्र 
  • विभूषणसहित विभिन्न मानपदवी लिलामीमा राखेको घोषणा
  • लिलामी गरेमा सरकारले विभूषण नै रद्द गर्न सक्ने

काठमाडौं ।।

सरकारले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई सरकारबाट दिइएको विभूषण लिलामीमा नराख्न सूचित गर्दै पत्र काटेको छ ।गृह मन्त्रालयले विभूषण लिमालीमा राख्नु गैरकानुनी हुने र राखेमा रद्द हुने व्यहोराको पत्र महावीरलाई पठाएको हो ।

मन्त्रालयले पठाएको पत्रमा सामाजिक सञ्जालबाट लिलामीबारे जानकारी पाएको उल्लेख छ । महावीरले कृषि सामग्री कम्पनी सञ्चालनका लागि सरकारले प्रतिवद्धताअनुसार सहयोग नगरेको भन्दै कीर्तिमय राष्ट्रदीप द्वितीय विभूषणसहित विभिन्न मानपदवी लिलामीमा राखेको घोषणा गरेका थिए ।

तर, गृह मन्त्रालयले त्यसो नगर्न पुनलाई सचेत गराएको छ । ‘विभूषण ऐन, २०६४ को दफा २६ ९१० बमोजिम कुनै नेपाली नागरिक वा विदेशी व्यक्तिलाई प्रदान गरिएको विभूषण निजले कसैलाई बिक्री गरेमा वा बन्धकीमा राखेमा वा विभूषणको मर्यादाविपरीत हुने गरी विभूषणको प्रयोग गरेमा वा कसैलाई प्रयोग गर्न दिएमा नेपाल सरकारले विभूषण रद्द गर्न सक्नेछ,’ उक्त पत्रमा भनिएको छ ।

कानुन बमोजिम कुनै विभूषण रद्ध भएमा विभूषण पाउने व्यक्तिको नाम र रद्ध गरिएको विभूषण समेत खुलाई सर्वसाधारणको जानकारीका लागि सूचना जारी गर्ने व्यवस्था रहेको पत्रमा उल्लेख छ ।

‘यहाँजस्तो प्रतिष्ठित र सम्मानित व्यक्तिबाट त्यसप्रकारको कुनै गैरकानुनी कार्य नहुनेमा मनत्रलय विश्वस्त छ,’ पत्रमा भनिएको छ । मनत्रलयले महावीर पुनलाई उद्धृत गरी सामाजिक सञ्जालमा गरिएको पोष्टको आधिकारिता समेत प्रष्ट पार्न मनत्रलयले पुनलाई आग्रह गरेको छ ।

  • साझा परिवेश
  • मङ्लबार, साउन २३, २०८० १६:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।