May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ

अतिक अहमद हत्याकाण्ड : २२ सेकेन्डसम्म चल्यो गोली, प्रहरीले किन गरेन जवाफी कारबाही ?

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १६:५४
अतिक अहमद हत्याकाण्ड : २२ सेकेन्डसम्म चल्यो गोली, प्रहरीले किन गरेन जवाफी कारबाही ?

भारतको उत्तर प्रदेशको प्रयागराजमा अघिल्लो शनिवार पूर्व सांसद अतिक अहमद र उनका भाइ अशरफ अहमदको गोली हानी हत्या गरियो । भारतका विभिन्न पत्रिका र टिभी च्यानलमा उक्त हत्याकाण्डका विभिन्न पाटोबारे चर्चा गरिँदै छ ।

टाइम्स अफ इन्डियाले यसबारे प्रकाशित गरेको आफ्नो ताजा खबरमा युपी प्रहरीले जवाफी कारबाही नगरेको भन्दै प्रश्न तेर्साएको छ । खबरका अनुसार हमलाकर्ताले आधुनिक हतियारमार्फत अतिक अहमद र उनका भाइ अशरफ अहमदमाथि २२ सेकेन्डसम्म अन्धाधुन्ध २९ वटा गोली चलाए ।

लगभग २२ सेकेन्डसम्म भएको गोली बारीपछि पनि अतिक अहमदको सुरक्षामा खटेका प्रहरी अधिकारीले कुनै पनि जवाफी कारबाही नगरेको भन्दै प्रश्न उठिरहेका छन् ।

पत्रिकाले लेखेको छ – टिभी क्यामराको अगाडि जसरी अचानक गोलीबारी सुरु भयो, लगभग त्यही शैलीमा ठिक २२ सेकेन्डपछि हमलाकर्ताले जमिनमा आफ्नो हतियार फ्याँकेर हात उठाएर आत्मसमर्पण गरे र प्रहरीले उनीहरूलाई गाडीमा राखेर लगे ।

उत्तर प्रदेश सरकारले यो घटनाको अनुसन्धानका लागि विशेष अनुसन्धान दलको गठन गरेको छ । यसको नेतृत्व एडिसिपी क्राइम सतिश चन्द्रले गरिरहेका छन् ।

प्रहरीले जवाफी कारबाही नगर्नुको कारण बताउँदै प्रहरीले भनेको छ, ‘सम्भवतः उनीहरुले जवाफी कारबाही गर्ने समय नै पाएनन् ।’

यस्तै पूर्व डिजिपी एके जैनले भने, ‘यो सबै कुरा यति तीव्र गतिमा भयो कि प्रहरीले प्रतिक्रिया दिने समय नै पाएन । तर व्यावसायिक बुझाइका अनुसार प्रहरीको तर्फबाट गोली चलाउनु पनि उचित हुँदैन ।’

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १६:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।