May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

चितवनका जनताले आवेग होइन विवेक प्रयोग गर्नुहुन्छ : नेता सिंह

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १३:0२
चितवनका जनताले आवेग होइन विवेक प्रयोग गर्नुहुन्छ : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चितवन–२ को उपनिर्वाचनमा जनताले आवेगमा नभई विवेकले प्रयोग गरेर मतदान गर्ने बताएका छन् । बुधवार चितवनको चुनावी सभामा बोल्दै नेता सिंहले कांग्रेसका जितनारायण श्रेष्ठको विजयी हुँदा लोकतन्त्रवादीको जित हुने बताए । ‘यो उप–चुनाव मात्रै होइन । प्राप्त उपलब्धिको रक्षा गर्ने कि नगर्ने सवाल पनि छ ?  त्यसैले गठबन्धनका साझा उम्मेदवारको जित भनेको  लोकतन्त्रवादीहरू को जित हुने छ,’ उनले भने ।

चितवनवासीले यस पटक सधैँ सुख–दुःखमा सबैको घर आँगनमा सजिलै भेटिने उम्मेदवारका पक्षमा मतदान गर्न उनले बताए । नेता सिंहले गठबन्धनको साझा उम्मेदवार  श्रेष्ठ सबैका लागि सर्वस्वीकार्य उम्मेदवार रहेको बताए ।  उनले भने, ‘चितवनको विकास र संवृद्धिका लागि यस पटक जितनारायणलाई जिताउन म अपिल गर्छु । अहिले संविधान र व्यवस्थाप्रति समेत प्रश्न चिन्ह खडा भएकाले कार्यकर्ताले जिम्मेवार राजनीति दलकाप्रति विश्वास गर्न मेरो आग्रह छ ।’

यस्तै नागरिकमा देखिएको निराशाका बीचमा आशा जगाउँदै जनजीवन सहज गराउन सरकार लाग्नुपर्ने  सिंहको भनाइ छ । पहिलेका कुरा बिर्सिएर गठबन्धनका साझा उम्मेदवार  पक्षमा मत माग्न घरघर पुग्न सबै नेता कार्यकर्तालाई नेता सिंहले आग्रह गरे । कार्यक्रममा  कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले चर्का कुरा गर्ने भन्दा चितवनका जनताको माझमा परिचित उम्मेदवारलाई जिताउन आग्रह गरे । उम्मेदवार श्रेष्ठ आफू जनताको सुख दुःखमा सधैँ रहने भन्दै भ्रष्टाचारका विरुद्धमा लड्ने प्रतिबद्धता व्यक्त गरे ।

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १३:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।