April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

७ जना आइसीयूमा र ३ जनाको भेन्टिलेटरमा उपचार हुँदै

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १६:४८
७ जना आइसीयूमा र ३ जनाको भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं। पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या उकालो लागेको छ। काठमाडौं उपत्यकामा ३१ जना कोरोनाका बिरामी रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार दिउँसो २ बजेसम्म संस्थागत आइसोलेसनमा २१ जना भर्ना भएका छन्।

आइसीयूमा ७ जना र भेन्टिलेटरमा ३ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ। आज देशभर १०८ जना कोरोना संक्रमित थपिएका छन्। संक्रमितको संख्या बढेसँगै मृ्त्यु दर पनि बढ्न थालेको छ। मंगलबार मात्रै कोरोनाबाट दुईजनाको मृत्यु भएको थियो।

पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि मन्त्रालयले सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ। आज विज्ञप्ति जारी गर्दै मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको हो।

सात दिनसम्म आइसोलेशनमा बसेर आठौँ दिनमा बाहिर निस्केपनि अरू मानिसको सम्पर्कमा नजान समेत मन्त्रालयले आग्रह गरेको छ। संक्रमणबाट बच्न मन्त्रालयले स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो।

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १६:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।