sweet bonanza
February 17, 2026 | मङ्लबार, फाल्गुन ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पुस्तक प्रदर्शनीमा १६ नयाँ पुस्तक

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० १४:५२
पुस्तक प्रदर्शनीमा १६ नयाँ पुस्तक

काठमाडौं। नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको १५ दिने पुस्तक प्रदर्शनीमा १६ नयाँ पुस्तक पनि राखिएको छ ।

प्रतिष्ठानले नयाँ वर्षका अवसरमा वैशाख ४ गतेदेखि आयोजना गरेको प्रदर्शनीमा सम्पादक वासुदेव अधिकारीको ‘युद्धप्रसाद मिश्रका प्रतिनिधि कविता’, नवराज रिजालको ‘मधेस प्रदेशका नेपाली कथामा सामाजिक यथार्थ’, विष्णु प्रभातको ‘नेपाली संस्कृतिको विवेचना’, नन्दु उप्रेतीको ‘नेपाली लघु उपन्यास परम्परा र प्रवृत्ति’, डा देवी क्षेत्री दुलालको ‘नेपालका प्रमुख राजनीतिक विचारक र विचार धारा’ पुस्तक प्रदर्शनीमा राखिएको छ ।

यसैगरी, सम्पादक वीरबहादुर महतोको ‘मगही भाषाको प्रतिनिधि कविता’, प्रा डा कृष्णप्रसाद पौड्यालको ‘चितोनियाँ थारु भाषाको व्याकरण’, लेखक रमेश सुवेदी र सम्पादक प्रा केशव सुवेदी रहेको ‘रापती क्षेत्रका स्रष्टाहरूको शब्द चित्र’, डा विष्णु न्यौपानेको ‘नेपाली कथामा उखानको प्रयोग’, प्रधान सम्पादक डा ध्रुवप्रसाद भट्टराई रहेको ‘नेपाली लोकवार्ता कोश’, नर्मदेश्वरी सत्यालको ‘नेपाली लोक परम्परामा महिला’, डा टङ्क उप्रेतीको ‘सन्थाली लोकगीत’ पुस्तक पनि प्रदर्शनीमा राखिएको प्रतिष्ठानका व्यवस्थापक सुधीर ढुङ्गेलले राससलाई जानकारी दिनुभयो ।

यस्तै, डा पुष्करराज भट्टको ‘नेपाली लघु कथाका प्रवृत्तिहरू’, डा नवराज कट्टेलको ‘पण्डित दधिराम पौडेलका व्याकरणात्मक कृतिहरूको अध्ययन’, डा माधवप्रसाद लामिछानेको ‘पशुपति क्षेत्रका शक्तिपीठ र तत्सम्बद्ध जात्राहरू’ र अनुवादक कृष्णप्रसाद शर्मा घिमिरेले अनुवाद गर्नुभएको ‘श्रीमद्वाल्मीकिरामायण’ को पुनर्मुद्रण गरिएको पुस्तक पनि प्रदर्शनीमा राखिएको छ । यही वैशाख १८ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा पुस्तकहरूमा १५ देखि ४० प्रतिशतसम्म सहुलियत दिइएको छ ।

प्रज्ञा–प्रतिष्ठानसँगै साझा प्रकाशनका पुस्तकहरू पनि प्रदर्शनीमा राखिएको छ । साझा प्रकाशनका पुस्तकमा भने २५ प्रतिशतसम्म छुट दिइएको छ । पुस्तक प्रदर्शनीमा आउनेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको उहाँले बताउनुभयो । प्रतिष्ठानले वर्षमा तीन पटक प्रदर्शनी आयोजना गर्ने गरेको छ । पुस्तक प्रदर्शनीबाट वार्षिक रु ५० लाखको पुस्तक बिक्री हुने गरेको जनाइएको छ । रासस

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० १४:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid