April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

पुस्तक प्रदर्शनीमा १६ नयाँ पुस्तक

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० १४:५२
पुस्तक प्रदर्शनीमा १६ नयाँ पुस्तक

काठमाडौं। नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको १५ दिने पुस्तक प्रदर्शनीमा १६ नयाँ पुस्तक पनि राखिएको छ ।

प्रतिष्ठानले नयाँ वर्षका अवसरमा वैशाख ४ गतेदेखि आयोजना गरेको प्रदर्शनीमा सम्पादक वासुदेव अधिकारीको ‘युद्धप्रसाद मिश्रका प्रतिनिधि कविता’, नवराज रिजालको ‘मधेस प्रदेशका नेपाली कथामा सामाजिक यथार्थ’, विष्णु प्रभातको ‘नेपाली संस्कृतिको विवेचना’, नन्दु उप्रेतीको ‘नेपाली लघु उपन्यास परम्परा र प्रवृत्ति’, डा देवी क्षेत्री दुलालको ‘नेपालका प्रमुख राजनीतिक विचारक र विचार धारा’ पुस्तक प्रदर्शनीमा राखिएको छ ।

यसैगरी, सम्पादक वीरबहादुर महतोको ‘मगही भाषाको प्रतिनिधि कविता’, प्रा डा कृष्णप्रसाद पौड्यालको ‘चितोनियाँ थारु भाषाको व्याकरण’, लेखक रमेश सुवेदी र सम्पादक प्रा केशव सुवेदी रहेको ‘रापती क्षेत्रका स्रष्टाहरूको शब्द चित्र’, डा विष्णु न्यौपानेको ‘नेपाली कथामा उखानको प्रयोग’, प्रधान सम्पादक डा ध्रुवप्रसाद भट्टराई रहेको ‘नेपाली लोकवार्ता कोश’, नर्मदेश्वरी सत्यालको ‘नेपाली लोक परम्परामा महिला’, डा टङ्क उप्रेतीको ‘सन्थाली लोकगीत’ पुस्तक पनि प्रदर्शनीमा राखिएको प्रतिष्ठानका व्यवस्थापक सुधीर ढुङ्गेलले राससलाई जानकारी दिनुभयो ।

यस्तै, डा पुष्करराज भट्टको ‘नेपाली लघु कथाका प्रवृत्तिहरू’, डा नवराज कट्टेलको ‘पण्डित दधिराम पौडेलका व्याकरणात्मक कृतिहरूको अध्ययन’, डा माधवप्रसाद लामिछानेको ‘पशुपति क्षेत्रका शक्तिपीठ र तत्सम्बद्ध जात्राहरू’ र अनुवादक कृष्णप्रसाद शर्मा घिमिरेले अनुवाद गर्नुभएको ‘श्रीमद्वाल्मीकिरामायण’ को पुनर्मुद्रण गरिएको पुस्तक पनि प्रदर्शनीमा राखिएको छ । यही वैशाख १८ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा पुस्तकहरूमा १५ देखि ४० प्रतिशतसम्म सहुलियत दिइएको छ ।

प्रज्ञा–प्रतिष्ठानसँगै साझा प्रकाशनका पुस्तकहरू पनि प्रदर्शनीमा राखिएको छ । साझा प्रकाशनका पुस्तकमा भने २५ प्रतिशतसम्म छुट दिइएको छ । पुस्तक प्रदर्शनीमा आउनेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको उहाँले बताउनुभयो । प्रतिष्ठानले वर्षमा तीन पटक प्रदर्शनी आयोजना गर्ने गरेको छ । पुस्तक प्रदर्शनीबाट वार्षिक रु ५० लाखको पुस्तक बिक्री हुने गरेको जनाइएको छ । रासस

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० १४:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।