May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो

डेङ्गुबाट ८ जनाको मृत्यु २ हजारभन्दा बढी संक्रमित

  • साझा परिवेश
  • आइतवार, साउन १४, २०८० १५:५२
डेङ्गुबाट ८ जनाको मृत्यु २ हजारभन्दा बढी संक्रमित

विराटनगर ।।

प्रकोपमा रुपमा फैलिएको डेङ्गुका कारण धरानमा ८ जनाको मृत्यु भएको छ । २ हजार तीन सय ५३ जनामा डेङ्गु पोजेटिभ देखिएको छ ।धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताले ३ हजार ९८१ जनाको परीक्षण गर्दा २ हजार ३५३ जना डेङ्गु सङ्क्रमित देखिएको जानकारी दिए । उनका अनुसार परीक्षण गरिएका मध्ये ५९ प्रतिशतमा डेंगु देखिएको हो । यस्तै धरानको ११, १५, १७ र १८ नम्बर वडा बढी प्रभावित छ ।

संक्रमण बढेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १ सय ५० जनासम्म अट्ने गरी डेंगुको छुट्टै वार्ड सञ्चालन गरिएको छ । विपिमा डेङ्गुका लागि छुट्टै क्लनिक पनि सञ्चालन गरिएको छ ।

डेङ्गु नियन्त्रणका लागि धरानमा ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सञ्चालन भइरहेको उनले बताए । धरानमा २४० वटै टोल विकास संस्थालाई डेङ्गु नियन्त्रण अभियानमा प्रयोग गरिएको छ ।

  • साझा परिवेश
  • आइतवार, साउन १४, २०८० १५:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट