May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

कम्युनिष्ट सरकारमाथि घेराबन्दी !

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १४:१२
कम्युनिष्ट सरकारमाथि घेराबन्दी !

काठमाडौं । मिटरब्याजीपीडितहरुको एउटा पक्ष अहिले पनि आन्दोलनमा छ । एक समूहले सरकारसँग सम्झौता नै गरेर आन्दोलनका सबै कार्यक्रम स्थगित गरिसकेको अवस्थामा अर्को समूह आन्दोलनमा छ । यहि आन्दोलन कम्युनिष्ट सरकारविरुद्ध हुन सक्ने भन्दै आवाज उठ्न थालेको छ ।

तराईका जिल्लाहरुमा साहुमहाजनले मिटरब्याजमा पैसा लगाउने ऋणीलाई सुकुम्बासी नै बनाउने गरेको विषय सार्वजनिक हुँदै आएको छ ।

मिटरब्याजीहरुको पीडा सहन नसक्दा काठमाडौं केन्द्रित भएका पीडितहरुको समस्या समाधान गर्न भन्दै सरकारले पाँच बुँदे सम्झौता नै गरिसकेको छ ।

मिटरब्याजसम्बन्धि छानविन गर्न आयोग बनाउनेदेखि मिटरब्याजलाई अपराध मान्ने गरि भएको सम्झौतामा असहमति जनाउदै आन्दोलनमा उत्रिएको समूहमाथि गम्भीर आरोप लागेको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कम्युनिष्ट सरकार कतिपयलाई नपचेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको कम्युनिष्ट सरकार कतिपयलाई अपाच्य भएको नेपालको भनाई छ ।

सरकारसँग सहमति भइसकेपछि पनि मिटरब्याजीहरु आन्दोलनमा उत्रिरहेको भन्दै उनीहरुलाई परिचालन गरी षड्यन्त्र रचिएको हुनसक्ने आरोप समेत लगाए ।

नेपालले कम्युनिष्ट सरकारबिरुद्ध षड्यन्त्र रच्ने काम भइरहेको भन्दै सजग रहनुपर्ने जिकिर गरेका छन् ।

यस्तै, उपप्रधान एवं गृहमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कम्युनिष्ट पार्टीलाई कमजोर पार्ने षडयन्त्र भइरहेको र यसलाई बचाएर जानुको विकल्प नभएको उल्लख गरे ।

कम्युनिष्ट पार्टीहरुमा वैचारिक सांस्कृतिक समस्या बढ्दै गएको भन्दै श्रेष्ठले रुपान्तरणको अभियान सञ्चालनको आवश्यकता औल्याए ।

नेताहरुले कम्युनिष्ट आन्दोलनमा समस्या रहेको र सबै मिलेर अघि बढ्नुपर्ने बताइरहेका छन् ।

अझं कम्युनिष्ट सरकारमाथि नै षडयन्त्र हुन थालेको आशंका समेत नेताहरुले गर्न थालेका छन् ।

मिटरब्याजीपीडितहरुको आन्दोलनलाई सरकारले सम्बोधनलागि गरेको वार्ता र सहमतिलाई अर्को पक्षले नमान्ने बताउदै अर्को वार्ता गरेपनि उनीहरुले त्यो वार्तालाई भंग भएको घोषणा गरेर आन्दोलन गरिरहेका छन् ।

पीडितहरु समेत सडकमा उत्रिएका छन् । तर, सरकारले यो विषय समाधान गर्न के कस्ता कदम चालिरहेको छ भन्ने विषय भने प्रष्ट हुन नसक्दा यस्ता आन्दोलन र आरोप–प्रत्यारोप चलिनै रहने देखिन्छ ।

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १४:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।