sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कम्युनिष्ट सरकारमाथि घेराबन्दी !

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १४:१२
कम्युनिष्ट सरकारमाथि घेराबन्दी !

काठमाडौं । मिटरब्याजीपीडितहरुको एउटा पक्ष अहिले पनि आन्दोलनमा छ । एक समूहले सरकारसँग सम्झौता नै गरेर आन्दोलनका सबै कार्यक्रम स्थगित गरिसकेको अवस्थामा अर्को समूह आन्दोलनमा छ । यहि आन्दोलन कम्युनिष्ट सरकारविरुद्ध हुन सक्ने भन्दै आवाज उठ्न थालेको छ ।

तराईका जिल्लाहरुमा साहुमहाजनले मिटरब्याजमा पैसा लगाउने ऋणीलाई सुकुम्बासी नै बनाउने गरेको विषय सार्वजनिक हुँदै आएको छ ।

मिटरब्याजीहरुको पीडा सहन नसक्दा काठमाडौं केन्द्रित भएका पीडितहरुको समस्या समाधान गर्न भन्दै सरकारले पाँच बुँदे सम्झौता नै गरिसकेको छ ।

मिटरब्याजसम्बन्धि छानविन गर्न आयोग बनाउनेदेखि मिटरब्याजलाई अपराध मान्ने गरि भएको सम्झौतामा असहमति जनाउदै आन्दोलनमा उत्रिएको समूहमाथि गम्भीर आरोप लागेको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कम्युनिष्ट सरकार कतिपयलाई नपचेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको कम्युनिष्ट सरकार कतिपयलाई अपाच्य भएको नेपालको भनाई छ ।

सरकारसँग सहमति भइसकेपछि पनि मिटरब्याजीहरु आन्दोलनमा उत्रिरहेको भन्दै उनीहरुलाई परिचालन गरी षड्यन्त्र रचिएको हुनसक्ने आरोप समेत लगाए ।

नेपालले कम्युनिष्ट सरकारबिरुद्ध षड्यन्त्र रच्ने काम भइरहेको भन्दै सजग रहनुपर्ने जिकिर गरेका छन् ।

यस्तै, उपप्रधान एवं गृहमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कम्युनिष्ट पार्टीलाई कमजोर पार्ने षडयन्त्र भइरहेको र यसलाई बचाएर जानुको विकल्प नभएको उल्लख गरे ।

कम्युनिष्ट पार्टीहरुमा वैचारिक सांस्कृतिक समस्या बढ्दै गएको भन्दै श्रेष्ठले रुपान्तरणको अभियान सञ्चालनको आवश्यकता औल्याए ।

नेताहरुले कम्युनिष्ट आन्दोलनमा समस्या रहेको र सबै मिलेर अघि बढ्नुपर्ने बताइरहेका छन् ।

अझं कम्युनिष्ट सरकारमाथि नै षडयन्त्र हुन थालेको आशंका समेत नेताहरुले गर्न थालेका छन् ।

मिटरब्याजीपीडितहरुको आन्दोलनलाई सरकारले सम्बोधनलागि गरेको वार्ता र सहमतिलाई अर्को पक्षले नमान्ने बताउदै अर्को वार्ता गरेपनि उनीहरुले त्यो वार्तालाई भंग भएको घोषणा गरेर आन्दोलन गरिरहेका छन् ।

पीडितहरु समेत सडकमा उत्रिएका छन् । तर, सरकारले यो विषय समाधान गर्न के कस्ता कदम चालिरहेको छ भन्ने विषय भने प्रष्ट हुन नसक्दा यस्ता आन्दोलन र आरोप–प्रत्यारोप चलिनै रहने देखिन्छ ।

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १४:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid