May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो

कोशी प्रदेशस्तरिय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० १६:३३
कोशी प्रदेशस्तरिय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

सुनसरी – इटहरीमा कोशी प्रदेशस्तरिय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश खेलकुद बिकास बोर्डको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को संयोजनमा इटहरी रंगशाला सुरु प्रतियोगिता तीन दिनसम्म चल्नेछ । प्रतियोगिताको कोशी प्रदेशका सामाजिक बिकास मन्त्री बुद्धीकुमार राजभण्डारीले उद्घघाटन गरे ।

प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका १२ सय खेलाडीको सहभागिता रहेको कोशी प्रदेश खेलकुद बिकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले जानकारी दिए । एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुको गरी ६ विधामा सञ्चालन हुने प्रतियोगिताबाट छानिएका खेलाडीले काठमाण्डौमा हुने राष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गर्न पाउनेछन ।

बुधबार समापन हुने छनौट प्रतियोगिताबाट छानिएका उत्कृष्ट खेलाडीलाई सोही दिन काठमाण्डौका लागि बिदाई गरिने वाग्लेले बताए । कोशी प्रदेशबाट छनौट भएका १ सय ११ जना खेलाडी र पदाधिकारीलाई काठमाण्डौ पठाइने वाग्लेले बताए ।

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० १६:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट