May 14, 2024 | मङ्लबार, जेष्ठ १, २०८१
सुचनाहरु
नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

तरुण दल आरजु बचाउ अभियानमा व्यस्त

  • साझा परिवेश
  • शुक्रबार, साउन १९, २०८० १४:३६
तरुण दल आरजु बचाउ अभियानमा व्यस्त
  • आरजु राणाको भ्रामक प्रचार नरोकिए प्रतिकार गर्ने चेतावनी  
  • अध्यक्ष विद्वान गुरुङद्वारा विज्ञप्ति जारी गर्दै आरजु बचाउ माग 
  • घृणित र अवान्छित मनोवृत्तिका व्यक्तिलाई कानुनको दायरामा ल्याउन अनुरोध 

काठमाडौं ।।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलले नेता आरजु राणा देउवाविरुद्धको भ्रामक प्रचार नरोकिए प्रतिकार गर्ने चेतावनी दिएको छ । अध्यक्ष विद्वान गुरुङले विज्ञप्ति जारी गर्दै देउवाको बचाउ गरेका हुन् ।

तरुण दलले आरजुलक्षित सामाजिक प्रतिष्ठा, इज्जत एवं मानमर्यादामा प्रत्यक्ष आँच पुऱ्याउने दुरासय राखी सामाजिक सञ्जालमा झुटा र अनर्गल पोष्टप्रति आपत्ति जनाएको छ ।

राजनीतिक पूर्वाग्रह राखी भएको घृणित र अवान्छित मनोवृत्तिका व्यक्ति र समूहहरुलाई तीन दिनभित्र कानुनको दायरामा ल्याउन तरुण दलले गृह मन्त्रालयसँग माग गरेको छ ।

“देशको कानुनको नै बर्खिलाफ हुने गरी कलाकारहरुले कलाकारिताको मर्यादा र गरिमालाई नै आँच पुग्ने गरी सुवास बोहोरा भन्ने नामको टिकटक आईडीबाट माननीय सांसद आरजु राणा देउवाको गरिमा र इज्जतमा गम्भीर आँच पुग्ने खालको प्रकाशित सामग्रीप्रति आपत्ति प्रकट गर्दै नेपाल तरुण दल केन्द्रीय समिति त्यस प्रकारको व्यक्तिलक्षित भ्रामक कार्यको घोर भर्त्सना गर्दछ,” विज्ञप्तिमा उल्लेख छ ।

तरुण दलको आग्रहलाई बेवास्ता गरिए त्यस्ता गतिविधिविरुद्ध आफै प्रतिकारमा उत्रन बाध्य हुने पनि विज्ञप्तिमा जनाइएको छ ।

 

  • साझा परिवेश
  • शुक्रबार, साउन १९, २०८० १४:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट