काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तत्कालीन अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य नहुने बताएका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले सरकारको यस्तो कार्यको विरोध गर्नुपर्ने र रोक्नुपर्नेमा जोड दिएका छन् । उनीहरूलाई रकम नभई रोजगारी दिनुपर्ने डा. कोइरालाले उल्लेख गरेका छन् ।

“विगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाबकिताब बुझाउन नसक्नु, द्वन्द्वकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्ब्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरूको तलब र पूर्वशिक्षकहरूको पेन्सन दिन समेत नसक्ने अवस्थाको सरकारले पूर्वअयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य हुनै सक्दैन,” उनले फेसबुकमा लेखेका छन्, “माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गरौँ, रोकौँ र भविष्यका लागि सचेत बनौँ । उनीहरूलाई पैसा होइन, रोजगारी दिऊँ ।”