sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

परमेश्वर भेट्न भोकै बसेका ८३ जनाको मृत्यु

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १२:१८
परमेश्वर भेट्न भोकै बसेका ८३ जनाको मृत्यु

काठमाडौं । केन्यामा भगवान् साक्षात्कार हुने विश्वासले भेट्न भोकभोकै बसेका ८३ जनाको मृत्यु भएको छ । पछिल्लो भोकै बसेका थप १० जनाको शव फेला परेको त्याहाँका अधिकारीहरुले जानकारी दिएका छन् ।

चिहान उत्खननमा संलग्न केन्याली अधिकारीका साथ रहेको एएफपीका संवाददाताले मृतकको सङ्ख्या बढ्नसक्ने बताएका छन् । निराहार बसेमा परमेश्वरसँग साक्षात्कार हुने आश्वासन दिएका पल म्याकेन्जी न्थेन्गे नेतृत्वको समूह शाकाहोला जङ्गलमा रहेको सूचनाका आधारमा सुरक्षाकर्मी त्यहाँ पुगेका थिए । उनीहरूले आरोपीको खोजीमा दिनभर जङ्गलमा बिताएका थिए ।

आज तीन जना बालबालिकाको शवसहित १० जनाका शव भेटिएका हुन् । मृतक बालबालिकाले उनीहरूले श्वेतवस्त्र लगाएका पाइएको छ । भोकै बसेमा भगवान् भेटिने अन्धविश्वासको पराकाष्ठाले केन्यालीलाई अब यस्ता धार्मिक अन्धविश्वासविरुद्ध आन्दोलन गर्न प्रेरित गरेको छ भने राष्ट्रपति विलियम रुटोले दोषीमाथि कारबाही हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गुडन्युज चर्चका केही अनुयायीले शाकोला जङ्गलमा अझै पनि भगवान्सँग साक्षात्कार गर्ने लालसमा केही मानिस अझै रहेका बताउँदै तिनीहरूलाई पत्ता लगाएर शीघ्र उद्धार नगरेमा उनीहरू पनि माटोमा मिल्ने बताएका छन् । प्रहरीका अनुसार सोमबार २९ जनालाई उद्धार गरेर अस्पताल पु¥याइएको छ ।

यसैबीच, मालिन्दी अस्पतालका अधिकारीले मृतकको सङ्ख्या बढदै जाँदा शवहरू सुरक्षित रूपमा राख्न सकिने अवस्था नरहेको बताउँदै पहिलेदेखि नै भरिएका मुर्दाघरमा चरम स्थान अभाव भएको गुनासो गरेका छन् । उनीहरूले शवलाई सड्नबाट जोगाउन चिस्यान यन्त्र आवश्यक परेको भन्दै केन्या रेडक्रससँग हारगुहार गरेका छन् ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १२:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid