April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो टी-२० खेल आज नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ

जिल्ला सभापतिका प्रत्याशीसहित पर्वतका ३१ कांग्रेसले पार्टी छाडे, रास्वपामा समाहित हुने तयारी

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १४:0६
जिल्ला सभापतिका प्रत्याशीसहित पर्वतका ३१ कांग्रेसले पार्टी छाडे, रास्वपामा समाहित हुने तयारी

पर्वत । नेपाली कांग्रेसका  पर्वतका प्रभावशाली युवा नेता मिलन सुवेदीले कांग्रेसको साधारण सदस्य समेत परित्याग गरेको घोषणा गरेका छन् ।

कांग्रेसको १४ औं महाधिवेशनमा जिल्ला सभापतिको प्रत्याशी रहेका सुवेदी पर्वतमा गगन थापा समूहका नेता मानिन्छन् ।
सुवेदीसहित ३१ जना जिल्लास्तरीय नेता कार्यकर्ताहरुले कांग्रेस परित्याग गरी स्वतन्त्र रहेको घोषणा गरेका हुन् ।

सुवेदी जिल्ला अधिवेशनमा गगन थापा पक्षबाट सभापति उम्मेदवार बनेर युवराज जोशीसँग पराजित भएका थिए । उनी नेविसंघका पूर्व जिल्ला सभापति समेत हुन् ।

उनीसँग जिल्ला कार्य समिति सदस्य किसान थापा,फलेबास नगरपालिकाका सचिव सागर भुसाल,प्रदेश सभा सदस्यको उम्मेदवार बनेका कमलराज पौडेल,नेविसंघका
निवर्तमान जिल्ला सभापति सन्तोष पाठकलगायत छन् । कांग्रेस परित्याग गरेका नेताहरु चाँडै राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित हुने तयारी रहेको बताइएको छ ।

 

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १४:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।