May 11, 2024 | शनिबार, बैशाख २९, २०८१
सुचनाहरु
गौरादहमा नाट्य कार्यशाला , दुर्ब्यशन विरुद्ध सडक नाटकको तयारी स्रोत नखुलेको ९८ लाखसहित २ जना पक्राउ , यस अघि सुन तस्करीमा संलग्न भइ छुटेको पुष्टि गृहमन्त्रीलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुँदैन, छानबिन हुनुपर्छ: सिटौला अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने तीन जना पक्राउ बिद्यालय जान्छुभनी हिडेका अपकोस बेपत्ता परिवारद्वारा खोजिदिन अपिल गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आधार भेटियो- काँग्रेस सचेतक रमेश लेखक कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा तोलामा २३ सयले बढ्यो सुनको मूल्य कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट

पत्थरीको शल्यक्रिया गर्दा मृर्गौला निकालेपछि……

  • साझा परिवेश
  • मङ्लबार, भदौ १२, २०८० १0:४१
पत्थरीको शल्यक्रिया गर्दा मृर्गौला निकालेपछि……
  • बायाँ मृर्गौलामा दुई वटा र दायाँ मिर्गौलामा एउटा पत्थरी निकाल्न शल्यक्रिया गरियो 
  • सहमतिमै डाक्टरले मृर्गौला झिकियो 
  • झिकेपछि रक्तश्राव रोकिएन 
  • अन्ततः भेन्टिलेटरमा उपचारकै क्रममा मृत्यु हुन पुग्यो 
  • बिरामीको परिवारलाई २२ लाख रुपैयाँ क्षतिपूर्ति दिन तयार

धनगढी ।।

स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल, धनगढी उपचारका क्रममा मृत्यु भएका एक बिरामीको परिवारलाई २२ लाख रुपैयाँ क्षतिपूर्ति दिन तयार भएको छ । यससँगै मृतकको परिवारले शव बुझेका छन् । कञ्चनपुर, बेलौरीका ५५ वर्षीय ऐजनलाल चौधरीको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार अस्पताल भर्ना भएका थिए । त्यसक्रममा उनको बायाँ मृर्गौलामा दुई वटा र दायाँ मिर्गौलामा एउटा पत्थरी निकाल्न शल्यक्रिया गरिएको थियो ।

शल्यक्रियापछि रक्तश्राव रोकिएन मृर्गौलामा आन्तरिक रक्तश्राव भएको भन्दै आफन्तको सहमतिमा डाक्टरले मृर्गौला झिकेका थिए । मृर्गौला झिकेपछि रक्तश्राव रोकिएको भनिए पनि चौधरीको सोमबार भेन्टिलेटरमा उपचारकै क्रममा मृत्यु भएको थियो । चौधरीको मृत्यु भएपछि उचित क्षतिपूूर्ति र चिकित्सकलाई कारबाहीको माग गर्दै आफन्त आन्दोलित भएका थिए । क्षतिपूूर्ति वापत एक करोड रुपैयाँ दिनुपर्ने उनीहरुको माग थियो। सोमबार राति २२ लाख रुपैयाँमा सहमति जुटेको छ ।

‘उहाँहरुले एक करोड रुपैयाँ माग गर्नुभएको थियो, तर त्यति ठूलो रकम दिन सक्ने अवस्था थिएन’ अस्पताल स्रोतले भन्यो, ‘अबेर राति २२ लाखमा सहमति भयो । सहमतिअनुसार उहाँहरुलाई पैसा दिएपछि शव बुझेर लैजानुभयो ।’ स्रोत अनुसार अस्पतालले छोराको पढाइ र छोरीको बिहेका लागि १० र १२ लाखको चेक उपलब्ध गराएको छ ।

मृतकका भतिज राजकुमारले भने अस्पतालले चेक उपलब्ध गराएको स्वीकार गरेका छन् । शल्यक्रियामा संलग्न डाक्टर जोनेश तिवारीलाई कारबाहीका लागि सिफारिस गर्ने सहमति पनि भएपछि आफूहरुले शव बुझेको उनले बताए । अस्पतालले भने चौधरीको मृत्युको कारणबारे विज्ञप्तिमार्फत आधिकारीक धारणा सार्वजनिक गर्ने बताएको छ ।

 

  • साझा परिवेश
  • मङ्लबार, भदौ १२, २०८० १0:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट