sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एमालेको माओवादीलाई प्रश्न : ९५ करोड लडाकूका नाममा लिएको कहाँ गयो ?

  • साझा परिवेश
  • शुक्रबार, बैशाख १५, २०८० १३:५५
एमालेको माओवादीलाई प्रश्न : ९५ करोड लडाकूका नाममा लिएको कहाँ गयो ?

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले अन्मिनले अयोग्य प्रमाणीकरण गरेका लडाकूहरुलाई २-२ लाख रुपैयाँ बाड्ने निर्णय तत्काल खारेज गर्न माग गरेको छ ।

प्रतिनिधिसभा बैठकको सुरुमा समय लिएर बोलेका एमाले प्रमुख सचेतक पदम गिरीले यसबारे सरकारको ध्यानाकर्षण गराएका छन् । आर्थिक संकटमा रहेकाले वृत्तभत्तादेखि प्रदेश र स्थानीय तहको समानीकरण अनुदान कटौती गरेको सरकारले ४,८०० बढी व्यक्तिलाई २ लाख रुपैयाँको दरले रकम बाँड्न लागेको उनले बताए ।

चालु आर्थिक वर्षमा १ अर्ब ४० करोड छुट्याए पनि शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न सरकार गम्भीर नभएको भन्दै उनले अघि भने, ‘सत्य निरुपण तथा मेलमिलापको काम थाति राखिएको छ, त्यतितिर चिन्ता छैन । तर देशबाट पैसा निकालेर धमाधम कार्यकर्तालाई पैसा बाँडिँदैछ ।’

अन्मिनले पुनः प्रमाणीकरण गर्दा २ हजार ४५१ जना को थिए भन्ने यकिन नभएको र तीनको नाममा ९५ करोड रुपैयाँ माओवादी नेतृत्वले लगेको भन्दै उनले भने, ‘त्यो पैसा कहाँ गयो ?’

एमाले प्रमुख सचेतक गिरीले शान्ति प्रक्रिया पूरा गर्न ध्यान नदिने, तर राज्य कोषबाट दोहन गर्ने काम स्वीकार्य नहुने बताए ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख १५, २०८० १३:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid