April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

दुर्गा प्रसाईंका कार्यकर्ता प्रहरीको निशानामा

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० १३:0४
दुर्गा प्रसाईंका कार्यकर्ता  प्रहरीको निशानामा
  • दुर्गा प्रसाईंका समर्थकमाथि प्रहरीको कडाइ 
  • ४-५ जनाको समूह बन्ने बित्तेकै नियन्त्रणमा लिने
  • सुरक्षाका नाममा सर्वसाधरण त्रसित

काठमाडौं ।।

दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा सहभागी हुन तीनकुने आएका उनका समर्थकमाथि प्रहरीले निगरानी बढाएको छ। तीनकुनेमा ४/५ जनाको समूह बन्ने बित्तेकै उनका कार्यकर्तालाई तत्काल नियन्त्रणमा लिने प्रहरीले रणनीति बनाएको छ। प्रशासनले तीनकुने क्षेत्रलाई निषेधित क्षेत्र घोषणा नगरेपनि आजको कार्यक्रमका लागी प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाललाई कार्यक्रम गर्न अनुमति प्रदान नगरेको भन्दै प्रहरी सक्रिय भएका हुन्।

तीनकुने क्षेत्रमा अहिले पैदल यात्रा गरिरहेका सर्वसाधरण नागरिकमाथि पनि प्रहरीले सोधपुछ जारी राखेको छ। आफ्नो गन्तव्यमा हिँडेका सर्वसाधारणसमेत प्रहरीको निशानामा परेका छन्। प्रहरीसँग विवाद गर्‍यो कि उसले भ्यानमा हालिहाल्छ। तीनकुनेको पेट्रोल पम्प नजिकै जम्मा भएका १०-१५ जनाको समूहलाई सिंनामगलतर्फ फर्काएको छ भने प्रहरी पनि उनीहरुको पिछा गर्दै गएको छ। तीनकुने क्षेत्रमा रहेका चिया पसलहरुमा समेत प्रहरीले सोधपुछ गरिरहेको छ। कतिपय अवस्थामा प्रहरीले सुरक्षाका नाममा सर्वसाधरणलाई त्रसित बनाएको छ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० १३:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट