September 8, 2024 | आइतवार, भदौ २३, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

कुनै पनि ठाउँमा काठमाडौँ महानगरपालिकाको बाह्य विज्ञापन गर्न नपाइने

  • साझा परिवेश
  • शुक्रबार, बैशाख १५, २०८० १६:१८
कुनै पनि ठाउँमा काठमाडौँ महानगरपालिकाको बाह्य विज्ञापन गर्न नपाइने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र कुनै पनि ठाउँमा बाह्य विज्ञापन गर्न नपाइने भएको छ । महानगरपालिकाको स्थानीय राजपत्रमा समावेश ‘काठमाडौँ महानगरपालिका वाह्य विज्ञापन नियमन निर्देशिका — २०७९’ मा यस सम्बन्धी व्यवस्था रहको स्मरण गराउँदै महानगरपालिकाले विज्ञापन नगर्न सचेत गराएको हो ।

सर्वसाधारणको सुरक्षा, सहरी सुन्दरता, सडक पेटी वा सार्वजनिक प्रयोगका संरचना, विद्युत तथा टेलिफोनका खम्बा, सवारी आवागमनमा असर हुने कुनै पनि ठाउँमा बाह्य बिज्ञापन गर्न रोक लगाइएको महानगरले जनाएको छ ।

प्रचलित कानुन तथा निर्देशिकाको प्रतिकुल हुने बिज्ञापन सामग्रीलाई न्यायिक समितिले १ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था निर्देशिकाले गरेको छ । महानगर क्षेत्रभित्र बिज्ञापन गर्ने प्रयोजनका लागि कुनै पनि स्थानमा द्वार तथा स्टल निर्माण गर्ने, स्टिकर टाँस्ने, वाल पेन्टिङ्, पोष्टरिङ्, पम्प्लेटिङ्, पर्चा वितरण, व्यानर टाँस्ने माध्यमलाई अनुमति नदिइने महानगरपालिकाले जनाएको छ ।

बिज्ञापन राख्ने ठाउँ १२ फिट भन्दा कम उचाइमा रहेमा, नक्सापास नभएको संरचनामा, प्राविधिक रुपमा सवल नभएको भवनमा, वाहिरी रुपमा रङ्ग रोगन नगरिएको भवनमा, हेर्दा दुरुस्त नदेखिने भवनमा बिज्ञापन बोर्ड राख्न नपाइने महानगरको भनाइ छ । कुनै घर वा भवनको बार्दली, झ्याल, ढोका, भेन्टिलेटर छेकेर हावा वा प्रकाश छेकेर पनि वोर्ड राख्न रोक लगाइएको छ ।

मल, सुपर मार्केट र बहुतले व्यावसायिक भवन बाहेकका पुरातात्विक महत्वका क्षेत्र, प्रशासनिक क्षेत्र, सम्पदा क्षेत्र, कुटनीतिक क्षेत्रमा र त्यसको १ सय मिटर भित्रको दुरीमा बोर्ड राख्न नपाइने महानगरपालिकाले जनाएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख १५, २०८० १६:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्