sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

विश्वकप लिग २ पीएनजीलाई हराउँदै नेपालको लगातार पाचौँ जित

  • साझा परिवेश
  • सोमवार, फाल्गुन १५, २०७९ १९:४६
विश्वकप लिग २ पीएनजीलाई हराउँदै नेपालको लगातार पाचौँ जित

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपालले जित निकालेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पपुवा न्युगिनीलाई ४ विकेटले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो । लिग २ मा नेपालको यो लगातार पाँचौ जित हो । यसअघि घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियासहितको शृखंलामा नेपालले सबै चार खेल जितेको थियो ।

२०४ रनको लक्ष्य पाएको नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाएर पुरा ग¥यो । नेपालका लागि कुशल भुर्तेलले अर्धसतकीय पारी खेले । उनले ६९ बलमा ५ चौकाको मद्दतमा ५६ रन बनाए । यस्तै आसिफ शेख ४४ रन बनाएर रनआउट हुँदा आरिफ शेखले ३३ रन बनाए । कप्तान रोहित पौडेलले २० तथा दिपेन्द्र सिंह ऐरीले २२ रन बनाए । पीएनजीका असाद भालाले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा नौ गुमाउँदै दुई सय तीन रन बनाएको थियो । पपुवा न्युगिनीका लागि चाड सोपरले अविजित ३६ रन बनाए भने कप्तान असाद भालाले ३६, सेसे बाउले ३१, किपीलन डोरिगाले २९, नोर्मन भानुआले २५ र हिरी हिरीले १० रन जोडे ।

नेपालका लागि गुल्सन झाले ३ विके लिए भने कुशल मल्लले दुई तथा सोमपाल कामी, करण केसी र प्रतिश जिसीले समान १–१ विकेट लिए ।

  • साझा परिवेश
  • सोमवार, फाल्गुन १५, २०७९ १९:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid