sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

५० वर्षअघि चोरी भएका १२ सय वर्ष पुराना मूर्ति अमेरिकाबाट नेपाल फर्काइए

  • साझा परिवेश
  • आइतवार, बैशाख १७, २०८० १२:५६
५० वर्षअघि चोरी भएका १२ सय वर्ष पुराना मूर्ति अमेरिकाबाट नेपाल फर्काइए

काठमाडौं । नेपालबाट चोरी गरेर अमेरिका पुर्याइएका प्राचिन मूर्तिहरू नेपाल फिर्ता भएका छन् । ५० वर्षभन्दा पहिले चोरी भएर अमेरिका पुर्‍याइएका ८औँ र १०औँ शताब्दीका दुई मूर्ति नेपाल फिर्ता गरिएका हुन् ।

क्यालिफोर्नियास्थित नेपाली महावाणिज्यदूत ऋषि ढकालमार्फत अमेरिकीहरुले नेपालका ती ऐतिहासिक सम्पदा हस्तान्तरण गरेको वासिङ्टनस्थित नेपाली दूतावासले जनाएको छ ।

बुंगमतीको मछिन्द्र बहालमा रहेको ८औँ शताब्दीको बुद्धको ढुंगाले बनेको मूर्ति र पाटनको इटुम बहालमा रहेको ४२ इन्च अग्लो १० औं शताब्दीको नृत्यादेवीको काठको मूर्ति नेपालबाट चोरी भएका थिए ।
दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै ती मूर्ति थुप्रै व्यक्ति हुँदै अन्तिममा पुरातात्विक सम्पादहरूको संकलन गर्ने व्यक्तिसम्म फिर्ता पाउन सकिएको जनाएको छ ।

नृत्यादेवी र बुद्धको दुवै मूर्ति सन् १९७० मा चोरी भएको उल्लेख गरिएको छ । ८ औँ शताब्दीको बुद्ध मूर्ति क्यालिफोर्नियाको हलिउड, बेभर्लीहिल निवासी हलिउड फिल्म निर्माता माइकल फिलिप्सले नेपाली महावाणिज्यदूत ऋषि ढकाललाई १८ दिन अघि अप्रिल १२ मा हस्तान्तरण गरेका थिए ।

दूतावासले निर्माता माइकल फिलिप्सलाई मूर्ति फिर्ता गरेकोमा धन्यवाद ज्ञापन गरेको छ । त्यसैगरी मूर्ति फिर्ताको लागि पहल गरेकोमा महावाणिज्यदूत ढकाललाई पनि नेपाली दूतावासले धन्यवाद दिएको छ ।

  • साझा परिवेश
  • आइतवार, बैशाख १७, २०८० १२:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid