sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

महान्यायाधिवक्ताको निर्णयमाथि अदालतले परीक्षण गर्न मिल्दैन : सर्वोच्चलाई रविको जवाफ

  • साझा परिवेश
  • सोमवार, बैशाख १८, २०८० १४:४१
महान्यायाधिवक्ताको निर्णयमाथि अदालतले परीक्षण गर्न मिल्दैन : सर्वोच्चलाई रविको जवाफ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूविरुद्ध झुटा कागजात पेश गरेर राहदानी लिएको विषयमा अदालतमा मुद्दा नलाग्ने बताएका छन् । महान्यायाधिवक्ताले संविधानले दिएको अधिकार प्रयोग गरेर मुद्दा नचल्ने निर्णय गरिसकेको भन्दै उनले त्यसविरुद्ध न्यायिक परीक्षण हुन नसक्ने बताएका हुन् ।

झुटा विवरण पेश गरेर रविले राहदानी लिएको भन्दै सिन्धुलीका युवराज पौडेल (सफल) ले महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए । उक्त रिटमाथि सुनुवाई गर्दै न्ययाधीश हरि फुयालको इजलासले विपक्षीसँग लिखित जवाफ माग गरेको थियो । उक्त आदेशमा रवि लामिछानेले आफ्ना वारेस अधिवक्ता मोहम्मद अफताव आलममार्फत लिखित जवाफ पेश गरेका हुन् ।
लामिछानेले संविधानको धारा १५८ (२) ले महान्यायाधिवक्तालाई नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने वा नचलाउने भन्ने अन्तिम निर्णय गर्ने अधिकार दिएको भन्दै महान्ययााधिवक्ताको यो निर्णय अन्तिम हुने दाबी गरेका छन् ।

‘महान्यायाधिवक्ताले सदासयपूर्वक आफ्नो विवेक प्रयोग गरी गरेका निर्णय उपर कसैको अधिकार हुँदैन, त्यस सम्बन्धमा निजलाई संविधानले नै व्यवसायिक उन्मुक्ति प्रदान गरेको हुन्छ भनी नेकाप २०५८ नि नं ७००१ मा श्री सर्वोच्च अदालतले सिद्धान्त प्रतिपादन गरेको छ’ लामिछानेले सर्वोच्च अदालतको नजिर उधृत गर्दै भनेका छन् ।

त्यस्तै महान्ययाधिवक्ताले संविधान बमोजिम पाएको अधिकारविरुद्ध सर्वोच्च अदालतको असाधारण अधिकार क्षेत्र आकर्षित नहुने पनि लामिछानेले लिखित जवाफमा उल्लेख गरेका छन् ।

‘संविधानका हरेक प्रावधान स्वतन्त्र हुन्छन् र एकले अर्कोलाई नियन्त्रण गर्दैनन् । सम्मानित सर्वोच्च अदालतले धारा १३३ मार्फत प्रदत्त आफ्नो असाधारण अधिकारको प्रयोग गरिरहँदा सोही संविधानको धारा १५८ ले प्रदान गरेको अर्को संवैधानिक निकायको अधिकारलाई निस्तेज तुल्याउन मिल्दैन’, लिखित जवाफमा भनिएको छ ।

नेपालको संविधानले मुद्दा अभियोजन (मुद्दा अदालतसम्म पु¥याउने) को निर्णय सरकारी वकिललाई दिएको र अदालतको काम न्याय निरुपण मात्र भएको उल्लेख गर्दै रविले मुद्दा अभियोजनको काममा न्यायिक निकायले हस्तक्षेप गर्न नमिल्ने उल्लेख गरेका छन् ।

सरकारवादी हुने फौजदारी मुद्दा अभियोजन गर्ने वा नगर्ने निर्णय गर्ने जिम्मा संविधानतः महान्यायाधिवक्ता र उनले धारा १५८ (७) बमोजिम प्रत्यायोजित अधिकार प्रयोग गर्ने मातहतका सरकारी वकिलमा रहने लामिछानेले बताएका छन् ।

सरकारी वकिलबाट भएको अभियोजनको निर्णय ठीक वा बेठीक के हो भनी परीक्षण गर्ने भूमिका नेपालले अबलम्बन गरेको अभियोजनात्मक प्रणालीमा महान्यायाधिवक्तामा रहने भन्दै लामिछानेले भनेका छन्, ‘महान्यायाधिवक्ताको यो अधिकार वा दायित्व असाधारण अधिकार क्षेत्र प्रयोग गरी अदालतबाट निरुपण हुन अभियोजनात्मक प्रणाली अन्वेषणात्मक प्रढणालीमा रुपान्तरण गर्नु हो जुन फौजदारी न्यायको सिद्धान्तमा नेपालले अवलम्बन गरेको पद्धति र स्थापित न्यायिक परीक्षण (वगमष्अष्ब ितभकत या उचयकभअगतष्यल मभअष्कष्यल) को अधिनस्थ राख्ने पद्धतिको विकास हुन्छ ।

अभियोग दाबी सफल हुनु र अभियोजन निर्णय न्यायिक परीक्षण हुनु फरक फरक विषय भन्दै लामिछानेले अभियोजनको निर्णय न्यायिक परीक्षण गर्ने पद्धति विकास गर्ने हो भने अभियोजनकर्ता सरकारी वकिल र महान्यायाधिवक्ताले कहिल्यै आफ्नो निर्णयप्रति विश्वस्त र निश्चिन्त हुन नसक्ने बताएका छन् ।

‘न्यायिक परीक्षणपछि मात्र अभियोजन निर्णयले पूर्णता वा परिपक्वता हासिल गर्ने संत्रासमा सरकारी वकिल रहनुपर्ने अवस्था सिर्जना हुनाले संस्थागत र कार्यगत स्वायत्तता समाप्त हुन पुग्छ र मुद्दा चल्ने नचल्ने निर्णय उपर अदालतमा पुनरावेदन लाग्ने हो कि भन्ने अभ्यास सुरुवात हुन जान्छ’ लामिछानेले भनेका छन् ।

रवि लामिछानेले खारेज भइसकेको नागरिकता पेश गरेर सन् २०१५ मा राहदानी लिएका थिए । उनले नेपाली नागरिकता सक्रिय नभएकै अवस्थामा राहदानी लिएको भने स्वीकार गरेका छन् ।

  • साझा परिवेश
  • सोमवार, बैशाख १८, २०८० १४:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid