April 5, 2025 | शनिबार, चैत्र २३, २०८१
सुचनाहरु
यति एयरलाइन्सको जहाजबाट भैरहवा पठाइयो रबिलाई, अब के हुन्छ?  अदालतको आदेशपछी प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि लामिछाने जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ  रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा? ३५ मिनेटको भेटमा भारतिय  प्रधानमन्त्रीसँग के कुरा भयो  प्रधानमन्त्री  ओलीको?  झापामा भेटियो दुर्गा प्रसाईं चढेको गाडी, कहाँ छन् दुर्गा प्रसाईं?  यीनै हुन् ४ वर्षीया बालिका अपहरण गरी लैजाने व्यक्ति वायु प्रदुषणले बिगार्दैछ आँखा, यसरी बचाउनुहोस् आँखालाई मोरङमा कुकुरको टोकाइबाट ६० एक वृद्धको गयो ज्यान  कुलमानको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश  काठमाडौ महानगरका कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्षमा पुर्याएरै छाडे  नाच्दै गाउँदै शिक्षकहरुले गरे बेग्लै बिरोध प्रर्दशन सगरमाथा आधार शिविरमा काम गर्ने श्रमिकको गयो ज्यान   प्रधानमन्त्री ओलीले र भारतीय समकक्षी मोदीलाई थाइल्याण्डमा भेट्दै खानेतेलको मूल्य प्रतिलिटर १५ देखि ४० रुपैयाँसम्म बढ्यो   २५ करोडका मालिकको पहिचान   जडिबुटिमा राजावादी प्रदर्शनकारीको आगजनीले २८ करोडभन्दा बढीको क्षति शिक्षकहरु फेरी उत्रिए राजधानी केन्द्रित आन्दोलनमा तिनकुने प्रदर्शनमा ज्यान गुमाउने सुरेश र सबिनको परीवारलाई  सरकारले १०–१० लाख दिने

उपत्यका प्रहरी प्रमुख एआईजी श्यामलाल ज्ञवालीलाई अख्तियारको क्लिनचिट

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १३:३१
उपत्यका प्रहरी प्रमुख एआईजी श्यामलाल ज्ञवालीलाई अख्तियारको क्लिनचिट

 

हाल नेपाल प्रहरीको मेट्रो प्रमुख रहेका ज्ञवालीविरुद्ध जन्ममिति फरक पारी सरकारी निकायलाई झुक्याएर जागिर खाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । तर, अहिले अख्तियारले प्रहरी प्रधान कार्यालयलाई प्रारम्भिक छानबिन सम्पन्न भएको भन्दै उजुरी तामेलीमा राखिएको पत्र पठाएको छ ।

दर्ता नम्बर सी–०४३७४७ भएको उक्त उजुरी गत फागुन १४ गते अख्तियारमा परेको थियो । सो उजुरी सम्बन्धमा प्रारम्भिक छानबिन सम्पन्न भई आयोगको वैशाख १४ को निर्णय अनुसार पछि थप प्रमाण फेला परेमा कानून बमोजिम हुने गरी हाललाई तामेलीमा राख्ने निर्णय भएको शाखा अधिकृत सन्तोष शर्माले प्रहरी प्रधान कार्यालयलाई गरेको पत्राचारमा उल्लेख छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उपदफा (१३) बमोजिम उजुरी तामेलीमा राखेर प्रधान कार्यालयलाई वैशाख १५ मा पत्राचार भएको बताइएको छ ।

जन्ममिति फरक देखिएको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका एआइजी श्यामलाल ज्ञवालीलाई क्लिनचिट दिएको छ । उनको जन्ममितिको विवाद कानूनअनुसार नै देखिएको भन्दै उनीविरुद्धको उजुरी तामेलीमा राखेको हो ।

 

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १३:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट