May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

अब सरकारलाई साथ दिने कुरामा अघि बढौं : उद्धव थापा

  • साझा परिवेश
  • बुधबार, कार्तिक १, २०८० १६:0४
अब सरकारलाई साथ दिने कुरामा अघि बढौं : उद्धव थापा
  • कोसी प्रदेशसभाको बुधबारको बैठकमा बोल्दै थापा
  • “हामीले गलामात्र लागाएनौँ गालापनि छोड्यौं”
  • भुक्तानी बाँकी भएका योजनामा काम गर्न सरकारलाई सुझाव
  • वार्ता समिति बनाएर छलफल अघि बढाउं 

विराटनगर ।।

नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका निवर्तमान नेता उद्धव थापाले कोसी प्रदेशमा सरकार निर्माणलाई मात्र समस्याको रूपमा लिइएको बताएका छन् । कोसी प्रदेशसभाको बुधबारको बैठकमा बोल्दै थापाले भने, “एमालेको समर्थन प्राप्त हुँदा हामीहरू समाधान तर्फ लागेका छौँ । अब सरकारलाई साथ दिने कुरामा अघि बढौं ।” थापाले कांग्रेसबाट आठ भाइ माननीयले दलभित्र झगडा गरेको, कुन्ठा बोकेर हिँडेको, युद्धको मैदानमा पुगेको र आफूहरूले माला लगाएर स्वागत गरेको बताए ।

“हामीले गलामात्र लागाएनौँ गालापनि छोड्यौं । एमालेबाट हामीले पाठ सिकेका छौँ त्यहाँ पनि झगडा छ । हामीले मुख्यमन्त्रीलाई साथ दिएका छौँ,” थापाले भने, “अब गम्भीर रूपमा सोच्न पर्छ ।‌ पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशबाट निर्णय गर्ने भन्नु भएको थियो अब सोच्नुहोस् । यही सरकारलाई निरन्तरता दिऔं ।” अन्य प्रदेशमा बजेट कार्यान्वयन भएको तर कोसीमा भने अध्यादेशको खोल ओढाउन परेको सुनाए । स्रोत सुनिश्चित नहुँदा प्रदेशका धेरै योजना अलपत्र अवस्थामा परेको भन्दै थापाले कार्यक्रममा आएका योजना र भुक्तानी बाँकी भएका योजनामा काम गर्न सरकारलाई सुझाव दिए । नामकरणको विषयमा समस्या आएको भन्दै थापाले वार्ता समिति बनाएर छलफल अघि बढाउनु पर्ने धारणा राखे ।

 

 

  • साझा परिवेश
  • बुधबार, कार्तिक १, २०८० १६:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।