sweet bonanza
May 8, 2026 | शुक्रबार, बैशाख २६, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एक्स रे मा जब शरीर भरी देखियो जुकाको अण्डा

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १७:१७
एक्स रे मा जब शरीर भरी देखियो जुकाको अण्डा

ब्राजिलका एक डाक्टरले आफ्नो सोसल मिडियामा एउटा एक्स–रे सार्वजनिक गरेका छन् । एक्स रे कस्तो थियो भने एक जना व्यक्तिको शरीर भरी जुका (टेपवर्म) को अण्डा देखिएको छ । त्यो पनि क्याल्सिफाइड (ढुङ्गाजस्तो) अवस्थामा ।

साओ पाउलोस्थित हस्पिटल दास क्लिनिकास इन बाटुकाटुका डाक्टर भिटोर बोरिन डे साउजाले अघिल्लो हप्ता एक जना बिरामीको एक्स रे ट्विटरमा पोस्ट गरे । उनले आफ्ना फलोअर्सलाई उक्त तस्बिरमार्फत जुकाको सङ्क्रमण कतिसम्म भयानक हुनसक्छ भनेर देखाउन खोजेका थिए ।  डाक्टरका अनुसार उनको शरीरको मध्य भाग र पाखुरामा देखिएको सेतो स–साना दाग जुकाको क्याल्सिफाइड अण्डा हो ।

तर एक्स रे जति भयानक देखिएको छ, त्यसको जोखिम भने खासै नभएको ती डाक्टर बताउँछन् । लगातार खोकी लागेर जँचाउन गएका ती बिरामीलाई ती अण्डाबाट खासै समस्या छैन किनभने ती सबै ढुङ्गा जस्तै भइसकेका छन् । यी अण्डाले ती व्यक्तिको स्वास्थ्यमा खासै समस्या निम्त्याउने नभए पनि यसले ब्राजिलको सोसल मिडियामा भने धेरै नै चर्चा बटुल्यो ।

‘यी अण्डा ढुङ्गाजस्ता भइसकेका छन् । यदि यसले केही असुविधा निम्त्याएन भने जीवन मज्जाले चल्छ,’ डा. डे साउजाले भने ।

एजेन्सी

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १७:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid