April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

“आधुनिक शिक्षा संग याेग र अध्यात्म” बिषयमा प्रशिक्षण कार्यक्रम सप्पन्न

  • साझा परिवेश
  • सोमवार, माघ १, २०८० १९:५३
“आधुनिक शिक्षा संग याेग र अध्यात्म” बिषयमा प्रशिक्षण कार्यक्रम सप्पन्न

इनरुवा संवाददाता

इनरुवा : “आधुनिक शिक्षा संग याेग र अध्यात्म” सुनसरी जिल्लाको इनरुवामा आधुनिक शिक्षा संग योग र अध्यात्मलाई कसरी जोड्ने भन्ने बिषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) को नगर प्याब्सन इनरुवाकाे आयाेजनामा पौष २९ गते आइतबार इनरुवा-३ स्थित ॐ साईराम पार्टी प्यालेसमा प्याब्सनसङ्ग आवद्ध निजी विद्यालयका प्रीन्सिपल/सन्चालक र शिक्षक शिक्षिकाहरुको उपस्तिथिमा “आधुनिक शिक्षा संग याेग र अध्यात्म” कार्यक्रम सम्पन्न भएकाे हाे ।

रामकृष्ण मिसन का संत, स्वामी विवेकानन्द परमपराका वाहक, रामकृष्ण विवेकानन्द सेवा आश्रम देवघर (बाबाधाम) भारतका वर्तमान सचिव समेत रहनु भएका स्वामी राधाकान्तानन्द महाराज ज्यूकाे प्रमुख आतिथ्य तथा नगर प्याब्सन इनरुवाका अध्यक्ष रमेश गुरागाईंकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ४०० भन्दा बढीको उपस्तिथि रहेको थियो ।

कार्यक्रममा उपस्थित सहभागीहरुलाई जीवन विज्ञान इनरूवाकी इन्चार्ज सविना सिग्देलले याेगका विभिन्न आसनहरु तथा याेगका फाइदाहरुबारे जानकारी दिनुभएकी थिइन् ।

रामकृष्ण मिसन का संत, स्वामी विवेकानन्द परमपराका वाहक, रामकृष्ण विवेकानन्द सेवा आश्रम देवघर (बाबाधाम) भारतका वर्तमान सचिव स्वामी राधाकान्तानन्द महाराजले कार्यक्रममा सहभागीलाई विभिन्न किसिमका तनाव व्यवस्थापन, विद्यार्थीहरुको ध्यान कक्षा काेठामा तान्ने देखि दैनिक जीवनमा लागुहुने व्यवहारिक ज्ञान साथै याेग, अध्यात्म र अध्यापनकाे बारेमा महत्त्वपूर्ण जानकारीहरु गराउनु भएको थियो। आयोजक नगर प्याब्सन इनरुवाका अध्यक्ष रमेश प्रसाद गुरागाईले कार्यक्रमको उदेश्य माथी प्रकाश पार्नु भएको थियो ।

कार्यक्रम सन्चालक एवम् नगर प्याब्सन इनरुवाका सचिव गंगाराम मण्डलका अनुसार उक्त कार्यक्रममा कार्यक्रम आयोजनार्थ अहम भुमिका खेल्नु हुन अशोक चित्लाङ्गिया, विवेकानन्द झा लगायत सनातन कुटुम्बका संरक्षक श्रीलाल मेहता का साथै सनातन कुटुम्बाका विशेष सदस्य रोशन अधिकारी लगायत योग र अध्यात्म सङ्ग सम्बन्धित बिभिन्न संघ संस्था र व्यक्तित्वहरुको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो ।

  • साझा परिवेश
  • सोमवार, माघ १, २०८० १९:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।