May 10, 2025 | शनिबार, बैशाख २८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सरकारमा नजाने रास्वपाको निर्णय, समर्थन पनि फिर्ता लिने

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २२, २०८० १९:५६
सरकारमा नजाने रास्वपाको निर्णय, समर्थन पनि फिर्ता लिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा नजाने भएको छ ।यस्तै रास्वपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारमा नजाने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो ।

बैठकपछि भएको पत्रकारसम्मेलनमा अध्यक्ष रवि लामिछानेले उपनिर्वाचनको जनमत अनुसार आफूहरु प्रतिपक्षमा बस्न लागेको बताए ।

उनले भने, ‘उपनिर्वाचनमा मतदाताले तपाईँहरु सरकारमा नजानुस्, सशक्त प्रतिपक्ष बन्नुहोस् भन्ने मत व्यक्त गर्नुभयो, त्यही मतको सम्मान गर्दै हामीले सरकारमा नजाने निर्णय गरेका हाैं ।’

सरकारमा आइदिए हुन्थ्यो भन्ने सदासयता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको भए पनि सरकारको कार्यशैली र गति हेर्दा सरकारमा जान नसकेको उनले बताए ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय लिएर सरकारमा गएको थियो ।

तर नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्चको आदेशपछि रवि लामिछानेको सांसद पद गएपछि उनले गृहमन्त्रालय गुमाएका थिए । त्यसपछि रास्वपाका अरू मन्त्री सरकारबाट फिर्ता भए पनि रास्वपाले समर्थन फिर्ता लिएको थिएन ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २२, २०८० १९:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट