May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

आजको राशिफल

  • साझा परिवेश
  • शनिबार, बैशाख २३, २०८० ११:२0
आजको राशिफल

बैशाख २३ गते शनिबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

न्यायिक निर्णयहरू तपाईँकै पक्षमा निर्णय हुनसक्छ । मित्रबाट विशेष सहयोग मिल्नेछ, शेयर बजारमा भने नोक्सानी होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
प्रविधि मार्फत आफन्त सँग भेटघाट हुनेछ । अधुरा काम पुनः सुरु हुनसक्छ । उपहार पाइने सम्भावना पनि छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेम जीवनमा मधुरता छाउनेछ । लाभदायक तथा कर्तव्य पूर्ण यात्रा पनि हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । प्रेम प्रसङ्गमा नजिक हुन सकिनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
दाम्पत्य जीवन सुखमय हुनेछ । स्वादिष्ट भोजन र परिकारको अवसर मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । अरूलाई सहयोग पनि गर्न सकिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
मनमा हर्ष, उमङ्ग र उत्साह रहला । अरुको मन पनि जित्न सकिनेछ, तर पढाइमा बढी मेहनत गर्दा मात्र सफल भइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामान हराउने योग छ । नयाँ ठाउँमा लगानी गर्नु पनि उचित छैन, तर कृषि व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज व्यवसायमा सफलता मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ, तर शेयर बजारको लगानी नोक्सानी रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज सानातिना समस्यामा अल्झनुपर्नेछ । सरकारी निकायको भय रहला । स्वास्थ्य प्रति पनि सजग रहनु पर्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ । आफन्तले राम्रै सहयोग गर्नेछन् । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज स्वास्थ्य जाँचको लागि अस्पताल जानु पर्ला र धन खर्च होला , तर साँझ सम्ममा शुभ समाचार सुन्न पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

  • साझा परिवेश
  • शनिबार, बैशाख २३, २०८० ११:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।