May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज कोशीमा किचलो : अब को बन्ला मुख्यमन्त्री ? संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई

‘नातिकाजी संगीत श्रवण साँझ’ २०८० सम्पन्न

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १४:३१
‘नातिकाजी संगीत श्रवण साँझ’ २०८० सम्पन्न

काठमाडौं महानगरपालिकाको प्रस्तुति तथा नातिकाजी स्मृति समाज र सांस्कृतिक संस्थानले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रम नातिकाजी संगीत श्रवण साँझ-२०८० सम्पन्न भएको छ ।

आधुनिक संगीतको मौलिक धारलाई पुस्तान्तरण गर्ने उद्देश्यसहित गरिएको उक्त सांगीतिक साँझमा नातिकाजीका २० वटा कालजयी गीत प्रस्तुत गरियो । संगीतमा नेपाली लोकभाका, लय र मौलिक शैलीलाई मिश्रण गर्न सफल संगीतकार नातिकाजीका भजन, लोक, राष्ट्रिय, फिल्म तथा आधुनिक गीत गीत प्रस्तुत गरियो ।

लोकप्रिय गायक-गायिकाहरु आनन्द कार्की, रामकृष्ण ढकाल, देविका वन्दना, शिव परियार, सुरेश लामा, माण्डवी त्रिपाठी, प्राश्ना शाक्य, निशा देशार, रचना रिमाल, विकास राणा, बेनिशा पौडेल, स्मिता दाहाल, सञ्जय तुमरुक, अन्नु चौधरी, मञ्जु थापा, पूजा देवकोटा, सुप्रिय मल्ल, मेचु धिमाल र धर्म मुनिकारले गायकी प्रस्तुत गरे ।

उक्त कार्यक्रममा नातिकाजीद्वारा संगीतबद्ध यो नेपाली शिर उचाली, नेपाली हामी रहौंला कहाँ, कालीपारी दाइ कति राम्रो, पहाड बसी वनमा खेली, फूलको थुंगा बगेर गयो, वनमा फुल्यो फूलैफूल, कस्तुरीको बास आउँछ भन्छन्, पर लैजाऊ फूलहरू, सपना भुलाइ सारा, आजै र राति, उकाली ओरालीहरुमा, यस्तो पनि हुँदोरैछ, मर्न बरु गाह्रो हुन्न, तिमी आउँछौ भन्ने आशैआशमा, तिमीले त होइन, रानी तलाउलगायत गीत प्रस्तुत गरियो ।

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १४:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।