May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

रायमाझीको शब्द रेकर्डबाट हट्यो

  • साझा परिवेश
  • मङ्लबार, बैशाख २६, २०८० ११:४0
रायमाझीको शब्द रेकर्डबाट हट्यो

काठमाडौं । टोपबहादुर रायमाझी सम्पर्कमा नरहेको विषयलाई लिएर राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले प्रयोग गरेको असंसदीय शब्द संसदीय रेकर्डबाट हटाइएको छ ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोप लागेका एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ पुर्जी जारी भएपछि फरार छन् । यस विषयमा बोल्दै गत आइतबार राष्ट्रिय सभाको बैठकमा रमेशजंग रायमाझीले असंसदीय भाषा प्रयोग गरेका थिए ।
सोमबार प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको थियो । एमालेले आपत्ति जनाएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिस्लिनाले पुनः सुन्ने र निर्णय लिने बताएका थिए ।

मंगलबारको राष्ट्रिय सभाको बैठकमार्फत अध्यक्ष तिमिल्सनाले रमेशजंग रायमाझीको असंसदीय शब्द संसदीय रेकर्डबाट डिलिट गर्न संसद सचिवालयलाई निर्देशन दिएका हुन् ।

साथसाथै अध्यक्ष तिमिल्सनाले राष्ट्रिय सभामा बोल्दा नियमावली अनुसार शिष्ट र मर्यादित शब्दहरुको प्रयोग गर्नसमेत आग्रह गरेका छन् ।

आफूले बोलेको शब्द संसदीय रेकर्डबाट डिलिट भएपछि सांसद रमेशजंग रायमाझीले माननीय नै हराएकोले आफूले चासो राखेको बताए । उनले भने, ‘एउटा माननीय देशलाई सूचना नदिइ, काठमाडौं आउँदै गरेको माननीय न देशभित्र न देश बाहिर कहाँ गएको भन्ने जानकारी नभएको हुँदा मैले खोजी गरेको हुँ ।’

  • साझा परिवेश
  • मङ्लबार, बैशाख २६, २०८० ११:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।