July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

४ वटा मतपेटिका सिल टुटेको अवस्थामा भेटिएको सीके राउतको दाबी, मतगणनाको लाइभ गर्न माग

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० १२:२७
४ वटा मतपेटिका सिल टुटेको अवस्थामा भेटिएको सीके राउतको दाबी, मतगणनाको लाइभ गर्न माग

बारा । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बारा २ को मतगणना लाइभ गर्न माग गरेका छन् । उनले बारा २ को सुवर्ण गाउँपालिको ४ वटा मतपेटिका सिल टुटेको अवस्थामा भेटेको बताएका छन् ।
जसपा अध्यक्ष उपेन्द्र यादवलाई जिताउन प्रहरी, प्रशासन नै लाग्नसक्ने उनको आशंका छ ।

चारवटा बाकसको सिल टुटेको अवस्थामा भेटिएको भन्दै एक भिडिओ पोष्ट गर्दै राउतले फेसबुकमा लेखेका छन्, ‘बारा-२ को मतगणना स्थलको लाइभ हुनुपर्छ । सप्तरी-२ मा हामीले भोगिसकेका छौं, हार्न लागे पछि जसपाले भित्र नै उत्पात र दंगा मचाएर निर्वाचन बदर गराउने कसरी कोसिस गरेका थिए, प्रहरी प्रमुखको मिलेमतो थियो नै । बारा-२ मा सुवर्ण गाउँपालिकाको ४ बटा बाकसको सिल टुटेको भेटिएको छ ।’

उनले मंसिरको निर्वाचनमा सप्तरी २ मा जसपाले हार्न लागेपछि भित्र दंगा मचाएर निर्वाचन बदर गराउने कसरी कोसिस गरेका स्मरण गरेका छन् । त्यो कदममा प्रहरी प्रमुखको मिलेमतो रहेको उनको जिकिर छ ।

बारा २ मा जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमतका शिवचन्द्र कुशवाह, एमालेका पुरुषोत्तम पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल प्रतिस्पर्धामा छन् ।

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० १२:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्