April 11, 2025 | शुक्रबार, चैत्र २९, २०८१
सुचनाहरु
दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै

अस्ट्रियाका राष्ट्रपतिबाट वाणिज्यदूत राजेशबाबु विभूषित

  • साझा परिवेश
  • मङ्लबार, बैशाख २६, २०८० १५:२७
अस्ट्रियाका राष्ट्रपतिबाट वाणिज्यदूत राजेशबाबु विभूषित

काठमाडौं । नेपालका लागि संघीय गणतन्त्र अस्ट्रियाका अवैतनिक वाणिज्यदूत राजेशबाबु श्रेष्ठ अस्ट्रियाका राष्ट्रपतिबाट विभूषित भएका छन् ।

नेपालमा रहेर मित्रराष्ट्र अस्ट्रियाका लागि गरेको सेवाबापत श्रेष्ठले राष्ट्रपतिबाट प्रदान गरिने प्रतिष्ठित विभूषण ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पाएका हुन् । यो अस्ट्रिया राज्यले प्रदान गर्ने सम्मान हो ।’

काठमाडौंमा आयोजित एक कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उस्थितिमा नेपालका लागि गणतन्त्र अस्ट्रियाका राजदूत क्याथरिना विजरले श्रेष्ठलाई विभूषण हस्तान्तरण गरेका थिए ।

यसअघि, सन् २०१३ मा नेपालका लागि अस्ट्रियाका तत्कालीन अवैतनिक वाणिज्यदूत स्व. लक्ष्मणबाबु श्रेष्ठलाई त्यहाँको सरकारले ‘डेकोरेसन अफ अनर इन गोल्ड’बाट विभूषित गरेको थियो ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख २६, २०८० १५:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट