sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

दीपक-दीपाको सिनेमा हल तयारी हुदै

  • साझा परिवेश
  • बुधबार, बैशाख २७, २०८० १४:४५
दीपक-दीपाको सिनेमा हल तयारी हुदै

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर चोक नजिकै दीपकराज गिरी, दीपाश्री निरौलालगायतले निर्माण गरिरहेको सिनेमा हल साउन १ गतेबाट सञ्चालनमा आउने भएको छ । साउन १ गतेबाट सिनेमा हल सञ्चालन गर्ने दीपक–दीपालगायत लगानीकर्ताको तयारी छ ।

“साउन १ गते हल सञ्चालन गर्ने हाम्रो तयारी छ । अहिले सिट जडान र पर्दा हाल्ने काम भइरहेको छ,” दीपकले भने, “साउन १ गतेबाट नियमित रूपमा हल सञ्चालन गर्ने तयारी छ । यदि, साउन १ गतेसम्म काम सकिएन भने साउनको अन्तिमबाट सञ्चालनमा ल्याउँने छौँ ।” तर, साउन १ गतेबाटै सिनेमा हल सञ्चालन गर्ने तयारी रहेको र त्यहीअनुसार काम भइरहेको दीपक बताउँछन् ।

पछिल्लो समय नेपाली रजतपटमा सफल जोडीका रूपमा रहेको दीपकराज गिरी र दीपाश्री निरौलालगायतको समूहले सिनेमा हल निर्माण गरेर सञ्चालनमा ल्याउन लागेको हो । कोरोना संक्रमणको महामारीका कारण हल निर्माणको काम केही ढिलो भए पनि अन्ततः सञ्चालनको अन्तिम तयारीमा रहेको छ ।

नयाँ बानेश्वर–शंखमुल रोडमा निर्माण भइरहेको सिनेमा हलमा अहिले इन्टेरियर डिजाइनको काम भइरहेको छ ।
दीपक–दीपा सकेसम्म आफ्नै सिनेमा ‘छक्का पञ्जा–४’ रिलिज गरेर यो हल सञ्चालन गर्ने योजनामा थिए । तर, निर्माण कार्य नसकिँदा उनीहरूको यो योजना भने पूरा हुन सकेन । ‘छक्का पञ्जा–४’ले फागुन १९ गते रिलिज भएको थियो ।

महलको माथिल्लो दुई तलामा सिनेमा हल निर्माण गरिएको छ । दुईवटा स्क्रिन रहने सिनेमा हलमा चारसय सिट रहनेछन् । करिब १० करोड निर्माण लागत रहेको दीपकले बताएका छन् । सिनेमा हलमा दीपकसँगै दीपाश्री निरौला, निर्मल शर्मासहति ‘छक्का पञ्जा’ टिम र सञ्चारकर्मी प्रभाव रिमालको कम्पनीको लगानी रहेको छ ।

  • साझा परिवेश
  • बुधबार, बैशाख २७, २०८० १४:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid