April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्? 

सडकमा न्याय माग्दै बलात्कृत बिनु

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २९, २०८० १५:५६
सडकमा न्याय माग्दै बलात्कृत बिनु

काठमाडौं । आफ्नै प्रेमी (प्रदीप कठायत) र काका ससुरा पवन कठायतबाट बलात्कृत भएको भन्दै आन्दोलित भएकी बिनु यादवले आमरण अनशन सुरु गरेकी छिन् । उनी तीन दिन देखि बसन्तपुर दरबार परिसरमा अनशन बसेकीछिन् ।

प्रेमीको दबावमा गर्भपतन गराएर २० चैत २०७५ मा शल्यक्रिया गराएकी यादव २४ चैतमा प्रेमीबाटै बलात्कृत भइन् ।
अप्रेसन गरेर बेड रेष्टमा रहेको अवस्थामा प्रेमि प्रदिप कठायतबाट बलात्कृत भएको भन्दै पहिलोपकट उनी २९ वैशाख २०७६ मा प्रहरी वृत्त कालीमाटीको महिला सेल पुगेकी थिइन् । तर, प्रहरीले १९ जेठमा बलात्कारको उजुरी लिएर आएकी पीडित र पीडकबीच मिलापत्र गराएर पठायो ।

गर्भपतन र अप्रेशनको दोहोरो पीडाले रन्थनिएकी यादवलाई प्रहरीले मिलापत्रको कागज पढ्न समेत नदिइ हस्ताक्षर गरायो ।
मिलापत्रपछि जस विरुद्ध उजुरी लिएर गएकी थिइन् उनैसँग विवाह गर्नुपर्यो यादवले । विवाहपछि रामेछापको मन्थलीस्थित घरमै बन्धक बनाइएकी यादवमाथि ७ वैशाख २०७९ मा उनकै काका ससुरा (पवन कठायत)ले बलात्कार प्रयास गरे ।

तर, रामेछाप प्रहरीले पनि यादवको उजुरी लिएन । उजुरी नलिएपछि प्रहरी मुख्यालय नक्साल पुगेर गुनासो गरेको तीन महिनापछि १५ असार २०७९ मा यादवको उजुरी दर्ता भयो ।

उजुरी दर्ता भएपनि मुद्धाको सुनुवाई प्रभावकारी हुन नसकेको भन्दै उनी ५ बुँदे माग राखेर आमरण अनशन बसेकी हुन् । न्याय माग्दै उनी यस अगाडि पनि बारम्बार सडकमा ओर्लिएकीछिन् ।

१३ मंसिर ०७९ मा उनले सर्वोच्च अदालतको मुल ढोकामा प्रर्दशन गरेकी थिईन् । ३ फागुन ०७९ मा उनले संसद भवन अगाडि समेत प्रर्दशन गरेकी थिईन् । बलात्कारपछि अन्यायपूर्वक विवाह गराएको र त्यसरी नै सम्बन्ध बिच्छेद गराएको भन्दै उनले ७ वैशाख ०७९ मा रामेछाप जिल्ला अदालतका न्यायाधीश बद्रिप्रसाद ओलीको इजालसमा विष पिएकी थिईन् ।

आफूले न्याय नपाएको बताउँदै अनशन बसेकी उनले ५ बुँदे माग राखेकीछिन् ।

उनले बलात्कारको उजुरी फिर्ता लिन लगाउने प्रहरीलाइ कारबाही हुनुपर्ने । बलात्कारको हदम्याद गुजार्न बिवाह गर्ने प्रदिप कठायत र आफ्नो मञ्जुरीबिना सम्बन्ध विच्छेद गराउने रामेछाप जिल्ला अदालतका तत्कालिन न्यायाधीश बद्रिप्रसाद ओलीलाई कारबाही हुनुपर्ने ।

आफूमाथि बारम्बार बलात्कारको प्रयास गर्ने पवन कठायतलाई सजाय हुनुपर्ने । यसका साथै उनले आफ्नो मुद्धामा कमजोर अनुसन्धान गरिएकाले सुरुदेखि अनुसन्धान हुनुपर्ने माग पनि राखेकीछिन् ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २९, २०८० १५:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट