May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

सीमा इलाकाबाट ८ लाखसहित १ जना पक्राउ

  • साझा परिवेश
  • आइतवार, मंसिर १७, २०८० १३:0३
सीमा इलाकाबाट ८ लाखसहित १ जना पक्राउ
  • आठ लाख रुपैयाँसहित एकजना पक्राउ
  • गस्तीमा खटिएको सुरक्षा फौजले जाँच गर्दा फेला पार्यो 
  • आवश्यक कारबाहीका निम्ति भन्सार कार्यालय मार्डरमा बुझाइयो 

काठमाडौं ।।

सिरहामा स्रोत नखुलेको आठ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाकै बरियारपट्टी गाउँपालिका–२, श्रीपुरका ४२ वर्षीय महोमद फिरोज छन् । सशस्त्र प्रहरीले बरियारपट्टी–३, चमारटोलस्थित नेपाल–भारत सीमा इलाकाबाट शनिबार (हिजो) उनलाई नियन्त्रणमा लिएको जनाइएको छ । उनी भारतबाट साइकलमा नेपालतर्फ आउँदै थिए ।

गस्तीमा खटिएको सुरक्षा फौजले जाँच गर्दा उनको साथमा एक हजार रुपैयाँ दरका ४९६, ५०० दरका ६०३ र १०० दरका २५ नेपाली नोट फेला परेको थियो । उनले सो रकमको स्रोत खुलाउन नसेकपछि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । हो । नियन्त्रणमा लिइएका फिरोजलाई बरामद रकम र साइकलसहित आवश्यक कारबाहीका निम्ति भन्सार कार्यालय मार्डरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

 

  • साझा परिवेश
  • आइतवार, मंसिर १७, २०८० १३:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।