May 12, 2024 | आइतवार, बैशाख ३०, २०८१
सुचनाहरु
संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : कांग्रेस नेता लेखक नीति तथा कार्यक्रमको तयारीबारे सभामुखले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक बढ्यो सुनको मूल्य गिरीबन्धु प्रकरणबारे बालेन भन्छन्- तत्कालीन ओली नेतृत्वको सरकारलाई कारवाही गर्नुपर्छ प्रधानमन्त्रीद्वारा कांग्रेसका शीर्ष नेतासँग छलफल सुरु कामीरिता शेर्पा आफ्नै रेकर्ड तोड्दै २९ औं पटक सगरमाथाको शिखरमा बैबाहिक बलात्कारसम्बन्धि आरोप लागेका गायक रबि ओडले गरे आत्मसमर्पण काठमाडौमा छुरा प्रहार गरि हत्या , ४ पक्राउ कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्छ पानी ? रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबारदेखि सुरु गौरादहमा नाट्य कार्यशाला , दुर्ब्यशन विरुद्ध सडक नाटकको तयारी स्रोत नखुलेको ९८ लाखसहित २ जना पक्राउ , यस अघि सुन तस्करीमा संलग्न भइ छुटेको पुष्टि गृहमन्त्रीलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुँदैन, छानबिन हुनुपर्छ: सिटौला अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने तीन जना पक्राउ बिद्यालय जान्छुभनी हिडेका अपकोस बेपत्ता परिवारद्वारा खोजिदिन अपिल गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आधार भेटियो- काँग्रेस सचेतक रमेश लेखक कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा तोलामा २३ सयले बढ्यो सुनको मूल्य कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा

सांसदहरुलाई ल्यापटप दिने तयारी

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३, २०८० १४:१५
सांसदहरुलाई ल्यापटप दिने तयारी

विराटनगर । कोशी प्रदेशसभा सचिवालयले सांसदहरुलाई ल्यापटप दिने तयारी गरेको छ । ९३ जना प्रदेशसभा सदस्यलाई वितरण गर्न सचिवालयले ल्यापटप खरिद प्रक्रिया अघि बढाएको छ ।

ल्यापटप वितरणका लागि प्रदेश सरकारले प्रदेशसभा सचिवालयलाई एक करोड ५० लाख रुपैयाँ बजेट दिएको थियो । बजेट नभएको भन्दै प्रदेश सरकारले कतिपय विकास आयोजनामा भुक्तानी रोकेको छ । तर आर्थिक मामिला मन्त्रालय पनि सम्हालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट रकमान्तर गरेर सांसदलाई ल्यापटप बाँड्ने कार्यक्रमलाई बजेट दिएका छन् ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले प्रदेश सरकारले डेढ करोड रुपैयाँ उपलब्ध गराएपछि ल्यापटप खरिद प्रक्रिया अगाडि बढाएको बताए । ९३ प्रदेशसभा सदस्य र ७ संसदीय समितिका सचिवलाई पनि वितरण गर्न १०० वटा ल्यापटप खरिद गर्ने प्रक्रिया अगाडि बढेको उनले जानकारी दिए ।

ल्यापटप दिएपछि प्रदेशसभा सदस्यहरुलाई चलाउन पनि सिकाउने पराजुलीले बताए । ‘हामीले ई-लेजिसलेसन (विद्युतीय संसद) को कुरा गरिरहेका छौं,’ उनले भने,‘त्यसका लागि ल्यापटप उपलब्ध गराउन लागिएको हो ।’

प्रदेशसभा सदस्यहरुले ल्यापटप पाएपछि प्रदेशसभा बैठकको जानकारी, कार्यसूची र विधेयकका बारेमा अनलाइन माध्यमबाट जानकारी दिइने प्रदेशसभा सचिव पराजुलीले बताए । ‘माननीयलाई हामी तालिम दिन्छौं, तालिम लिन नसक्नेहरुका स्वकीय सचिवले चलाउनुहुन्छ’, उनले भने, ‘यो राम्रो विषय हो ।’

‘सांसदलाई बदनाम गराउने खेल’

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो भने विकास निर्माणका आयोजनाको कामको भुक्तानी हुन नसकिरहेको बेला सांसदलाई ल्यापटप वितरण गर्नु गलत भएको बताउँछन् । उनले प्रदेशसभा सचिवालयले दिने ल्यापटप नलिनेसमेत बताए ।

‘हिजो म आर्थिक मामिला मन्त्री भएका बेला पटक-पटक ल्यापटप खरिद गर्ने प्रस्ताव आएको थियो, तर मैले मानिन, रोकेँ, रोक्दा विरोध पनि भयो,’ उनले भने,‘प्रदेश सांसदहरु आफैं ल्यापटप खरिद गर्न सक्षम छन् ।’

प्रदेशसभा सदस्यले एक महिनाको सुविधाले ल्यापटप खरिद गर्न सक्ने बताउँदै उनले सचिवालयले खरिद गरेर बाँड्नु बेठीक भएको बताए ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३, २०८० १४:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट