May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

कोशीमा पहिचान पक्षधरको संयुक्त आन्दोलनबाट अलग्गियो कोचिला समुदाय

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० १६:३४
कोशीमा पहिचान पक्षधरको संयुक्त आन्दोलनबाट अलग्गियो कोचिला समुदाय

विराटनगर । झापा मोरङ सुनसरीलाई कोचिला प्रदेश बनाउनु पर्ने भन्दै राजवंशी समुदायले छुट्टै आन्दोलन थालेका छन् । लामो समयदेखि पहिचानवादी आन्दोलनमा होमिएको कोचिला समुदायले पुनः नामाङ्कनका लागि आन्दोलनरत पहिचानवादीको संयुक्त आन्दोलनबाट अलग हुँदै छुट्टै आन्दोलन थालेको हो ।

झापा, मोरङ र सुनसरीका कोचिला समुदायले प्रदेशको नाम लिम्बूवान-किराँत नमान्ने जिकिर गरेका छन् ।

सो समुदायले कोचिला एकता संयुक्त सङ्घर्ष समिति गठन गरेका छन् । झापाका ८ वटा पालिकामामा समिति बनाएर गनगाई, ताजपुरिया मेचे लाई पनि समेटिएको छ ।

प्रदेशको नाम कोशी राखेसँगै पहिचान पक्षधरले आन्दोलन गरिरहेका छन् । प्रदेश १ पुन नामकरण संयुक्त सङ्घर्ष समितिले कोशी नाम खारेजीको आन्दोलन गरिरहँदा सुरुमा सो समुदाय पनि सँगै आन्दोलनमा थियो । संघर्ष समिति झापाका अध्यक्ष त्रिनारायण राजवंशीले ऐतिहासिक दस्ताबेजको आधारमा कोशी प्रदेशलाई कोचिला राज्य घोषणा गर्नुपर्ने माग राखे ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० १६:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।