काठमाडौं । कानुन, न्याय तथा मानवअधिकार समितिले आफ्नो आन्तरिक कार्यविधि पारित गरेको छ । बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समिति बैठकले उक्त आन्तरिक कार्यविधि पारित गरेको हो ।
समितिमा आन्तरिक कार्यविधिका विषयमा सांसदहरूसँगको छलफल पश्चात समिति बैठकले आन्तरिक कार्यविधि सर्वसम्मत पारित गरेको हो । समितिका ज्येष्ठसदस्य सभापति मंगलप्रसाद गुप्ताको सभापतित्वमा बसेको बैंठकमा सभापति गुप्ताले उक्त कार्यविधि सर्वसहमतले पारित भएको घोषणा गरे । उनले बिहीबारको बैठकमा प्रस्तुत भएको समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित भएको बताए ।