April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

तीन दलमा मुख्य मन्त्रालयबारे सहमति, मन्त्रीको नाम चयन हुँदै

  • साझा परिवेश
  • बुधबार, फाल्गुन २३, २०८० १५:२३
तीन दलमा मुख्य मन्त्रालयबारे सहमति, मन्त्रीको नाम चयन हुँदै

काठमाडौं । जसपाबाहेक एमाले, माओवादी र रास्वपाबीच मन्त्रालयको भागबन्डामा सहमति भएको छ । दलको भागमा परेका केही मन्त्रालयहरूमा मन्त्री पठाउने तयारीमा तीन दल जुटेका छन् । बालुवाटारमा बिहान बसेको बैठकमा मोटामोटी मुख्य मन्त्रालयहरूको भागबन्डामा कुरा मिलेको हो ।

नेताहरुका अनुसार नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री सहित ६ वटा मन्त्रालय पाउने भएको छ । नेकपा एमालेले ७ वटा मन्त्रालय, राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह सहित ४ मन्त्रालय लिने सहमति भएको छ । जनता समाजवादी पार्टीललाई २ वटा मन्त्रालय र नेकपा एकीकृत समाजवादी सरकारमा आउन चाहे उसलाई २ मन्त्रालय दिने गठबन्धनमा सहमति भएको छ । तर यो भागबन्डा अन्तिम भने नभएको बताइएको छ ।

एमाले उपाध्यक्ष विष्णु पौडेलका अनुसार महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री बन्नेछन् । त्यस्तै माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री र वर्षमान पुन अर्थमन्त्री बन्नेछन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालय पाउनेछ । मन्त्रिपरिषदमा नेकपा एमालेको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने भएका छन् । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री बन्ने एमाले उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री र वर्षमान पुन अर्थमन्त्री बन्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालय पाउने टुंगो लागेको छ । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ ।

रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो । पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेका अनुसार रास्वपाले पाउने चार मन्त्रालय र पार्टीबाट पठाउने व्यक्तिको चयन भएको हो ।

  • साझा परिवेश
  • बुधबार, फाल्गुन २३, २०८० १५:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।