

काठमाडौं । नेपालको कानुन् दैबले जानुन् भनेझैँ भएको छ बिनुलाई। रामेछाप जिल्ला अदालतले गराएको बिनु यादव र प्रदीप कठायतबीचको सम्बन्धबिच्छेद उच्च अदालत पाटनले उल्टाइदिएको छ ।

न्यायाधीशद्वय सुभाष पौडेल र सुदर्शन पाणडेको संयुक्त इजलासले उनीहरूबीच सम्बन्धबिच्छेद हुने जिल्ला अदालतको फैसला मंगलबार उल्टाएको हो ।

उच्च अदालतका प्रवक्ता मन्दिरा शाहीका अनुसार मुद्दाको फैसलाको पूर्णपाठ आएको छैन । जिल्लाबाट अशंसम्बन्धी र सम्बन्धविच्छेद हुने फैसला भएको भने इजलासबाट उल्टाइएको शाहीले जानकारी दिइन् ।

जिल्ला अदालतले यादवलाई भराउन लगाएको मानाचामल भने सदर गरेको छ ।

०७९ असार १३ गते दर्ता भएको पुनरावेदन उच्च अदालतले पेसीका लागि नतोकेको भन्दै यादव दुई हप्तादेखि अनशनमा छिन् ।


