March 24, 2023 | शुक्रबार, चैत्र १०, २०७९
सुचनाहरु
प्रदेश नामकरणविरुद्धको प्रदर्शनमा घाइते लिम्बूको मृत्यु को बन्दैछ आइजीपी ? सरकार व्यापारमा ठोस निर्णय गर्न सक्ने अवस्थामा छैन : उपप्रधानमन्त्री श्रेष्ठ पुरानो संसद भवनलाई रेट्रोफिट गर्न संसदीय समितिको निर्देशन नेपाली सेनाको आकार स्वघोषित विज्ञले तोक्ने होइन : प्रधान सेनापति शर्मा उपसभापति खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता सबैको एउटै पार्टी भनेको देश र जनता हो : मन्त्री मोदी आरनमा गलेको जिन्दगी! बिएस राणाकी पत्नी र छोरीको उपचारमा कोषकाे एक लाख सहयोग सुन चाँदीका गहना सफा गर्ने भन्दै ठगी गर्ने ३ जना पक्राउ जनता आवास कार्यक्रमको बजेटमा चलखेल, कमसल सामग्री प्रयोग भारतमा जबरजस्ती देह व्यापारमा लगाइएका १० नेपाली महिलाको उद्धार नेप्से सूचक १८ अंकले घट्यो, १ अर्ब ४१ करोडको कारोबार प्रधानमन्त्रीको निर्देशन : बजार अनुगमन गर्नुस्, राजश्व छली रोक्ने कदम चाल्नुस् नेप्से सूचक १८ अंकले घट्यो, १ अर्ब ४१ करोडको कारोबार सरकारमा सम्मानजनक उपस्थिति हुनुपर्ने लोसपाको माग न्यूनतम साझा कार्यक्रम तय गर्न बालुवाटारमा छलफल गर्दैै सत्ता गठबन्धन तीन वर्षमा दोब्बर भयो सार्वजनिक ऋण परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेश कुमार अग्रवाल चयन रिपोर्ट उपप्रधानमन्त्री लिन किन चाहँदैनन् रास्वपा र जसपा?

२४ एसएसपीको सरूवा, फेरिए काठमाडौं र ललितपुरका जिल्ला प्रमुख

  • साझा परिवेश
  • शुक्रबार, पुस २९, २०७९ 0९:२१
२४ एसएसपीको सरूवा, फेरिए काठमाडौं र ललितपुरका जिल्ला प्रमुख

नेपाल प्रहरीका २४ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को सरूवा भएको छ। प्रहरी प्रधान कार्यालयले २४ जना एसएसपीको सरूवा गरेको हो।

कार्यालयले जिल्‍ला प्रहरी परिसर काठमाडौं, ललितपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख पनि फेरेको छ।

काठमाडौंमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी दानबहादुर कार्कीको सरूवा भएको छ। यहाँ हाल भरत बोहरा हाल कार्यरत छन्।

उपत्यका अपराध अनुसन्धानमा भने मनोजकुमार केसीको सरूवा भएको छ। हाल यहाँ जनक भट्टराई कार्यरत छन्।

कमान्ड सम्हालेको एक वर्ष नहुँदै बोहरा र भट्टराईको सरूवा भएको हो।  अपराध अनुसन्धान कार्यालयमा कार्यरत भट्टराईको पनि एक वर्ष नहुँदै सरूवा भएको हो।

बोहराको प्रधान कार्यालय सुपरीवेक्षण तथा अनुगमन महाशाखा र भट्टराईको प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन महाशाखा नक्सालमा सरूवा भएको छ।

ललितपुर परिसरमा सिद्धिबिक्रम शाहको सरूवा भएको छ। प्रहरी प्रदेश कार्यालय भैरहवा रूपन्देहीमा रहेका उनको ललितपुरमा सरूवा भएको हो।

यस्तै ललितपुरका यज्ञविनोद पोखरेलको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगन्जमा सरूवा भएको छ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख पनि फेरिएका छन्। ब्युरो प्रमुख रहेका अनुरागकुमार द्विवेदीको प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सालमा सरूवा भएको हो।

यहाँ प्रधान कार्यालय सुपरीवेक्षण तथा अनुगमन महाशाखा नक्सालमा कार्यरत जीवनकुमार श्रेष्ठको सरूवा भएको हो।

  • साझा परिवेश
  • शुक्रबार, पुस २९, २०७९ 0९:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।